(Japan) 17 th May | 2025 | Saturday | 6:32:22 PM || (Nepal) 3:17:22 PM
 
 


टोकियो सहित देशभर कुन शहरमा कहिले फुल्छ साकुरा ? यस्तो छ तालिका

  POSTED ON : Wednesday, 21 February, 2024 | Views : 2386

टोकियो सहित देशभर कुन शहरमा कहिले फुल्छ साकुरा ? यस्तो छ तालिका


टोकियो, जापान ।

यस बर्ष राजधानी टोकियो सहित जापानभर साकुरा फूलहरु फुल्ने औषत तालिका सार्वजनिक भएको छ । मौषम सम्वन्धि जानकारी दिने वेदरन्यूज इन्कले २०२४ मा जापानभरि साकुरा फूलहरू कहिले फुल्दैछ भनेर पूर्वानुमान सहितको तालिका प्रकाशित गरेको छ ।

यस हिउँदमा तातो तापक्रमका कारण जापानभर साकुरा फूलहरू सामान्यभन्दा चाँडो फुल्ने अपेक्षा गरिएको छ । यो वर्ष टोकियोमा फेरिपनि विगतका बर्षहरुमा भन्दा छिटो फुल्ने सम्भावना रहेको मौसम सूचना कम्पनी वेदरन्युज इंकले जनाएको छ ।

सोमी योशिनो साकुरा रूखका फूलहरू नमूना रूखहरूमा पाँच देखि छवटा फूलहरू फुल्दा फूलेको मानिन्छ । मार्च १८ मा टोकियोमा साकुरा फुल्ने मौषम पूर्वानुमानको तालिकामा उल्लेख छ । त्यसपछि मार्च १९ मा फुकुओका शहरहरू, मार्च २० मा नागासाकी र योकोहामा, मार्च २१ मा नागोया र त्यसको भोलिपल्ट ओसाकामा फूल्ने अपेक्षा गरिएको छ, जुन सबै स्थानमा सामान्य भन्दा पहिले हो । चेरी फूलहरू फूलेको पाँच देखि १० दिन पछि सबै साकुराहरु फुलेको मानिन्छ । त्यसैले साकुराहरु झर्ने क्रम बढ्ने हुनाले त्यसबिचमा हेर्न उत्तम समय मानिन्छ ।

फेब्रुवरीको मध्यदेखि सुरु हुँदै, देशभरको तापक्रम सामान्य भन्दा बढि भएको छ र न्यानो हावा चल्न जारी रहने पूर्वानुमान गरिएकाले देशभरका अधिकाशं क्षेत्रहरुमा पहिले नै फूल फुल्ने सम्भावना छ ।