(Japan) 13 th December | 2024 | Friday | 1:39:49 AM || (Nepal) 10:24:49 PM
 
 


अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय सर्वेक्षणमा जापानीहरु नेपालीभन्दा कमजोर

  POSTED ON : Sunday, 17 November, 2024 | Views : 1222

अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय सर्वेक्षणमा जापानीहरु नेपालीभन्दा कमजोर


टोकियो, जापान ।

अङ्ग्रेजी भाषा प्रवीणता सम्बन्धी अन्तर्राष्ट्रिय सर्वेक्षणले जापान भन्दा नेपाल धरै अगाडी रहेको देखाएको छ । जापानलाई कीर्तिमानी कम स्थान दिंदा नेपाललाई धेरै अगाडी पाइएको छ ।

यो सर्वेक्षण विश्वभर शिक्षा सेवा सञ्चालन गर्ने निजी फर्मले सन् २०११ देखि अंग्रेजी भाषाको सीपलाई मूल्याङ्कन गर्दै आएको थियो।

अङ्ग्रेजी मातृभाषा नभएका ठाउँहरूमा २१ लाख मानिसहरूलाई समावेश गर्ने अनलाइन परीक्षणहरूबाट सङ्कलन गरिएको तथ्यांकमा आधारित रहेर यो श्रेणी निर्धारण गरिएको हो ।

यस वर्ष ११६ देश र क्षेत्रहरू समेटिएको सर्वेक्षणमा, जापानको सूचकांक ४५४ अंक थियो र उच्चतम स्कोर ८०० रहेको थियो । 

यसले जापानलाई ९२ औं स्थानमा देखाएको छ । सन् २०२३ को तुलनामा जापानको अँग्रेजी भाषाको दक्षता ५ अंकले घटेको छ । यो सर्वेक्षण सुरु भएदेखि सबैभन्दा कम हो ।

नेपाल भने ५२६ अंकका साथ ११६ देश मध्ये ५६ औं स्थानमा रहेको छ । यो भनेको जापान भन्दा ३६ स्थानले माथि हो । सन् २०१९ मा सुरुवात हुँदा नेपालको अंक ४६६ अंक रहेकोमा सन् २०२२ मा २०२१ को तुलनामा केहि कम देखिएपनि लगातार नेपालीहरुको अँग्रेजी भाषाको दक्षता उकालो लाग्दै आएको तथ्यांकले देखाउँछ ।

नेदरल्याण्ड ६३६ अंकका साथ शीर्ष स्थानमा छ भने नर्वे ६१० अंकका साथ दोस्रो स्थानमा छ । सिंगापुर ६०९ अंकसहित तेस्रो स्थानमा छ ।

फर्मले विभिन्न श्रेणीका आधारमा राष्ट्रहरू र क्षेत्रहरूमा सरकारहरू र शिक्षा अधिकारीहरूलाई वयस्कहरूलाई आजीवन सिकाइ कार्यक्रमहरूमा पहुँच दिन र प्रावधानमा अंग्रेजी प्रशिक्षण समावेश गर्न सल्लाह दिएको छ ।