टोकियो, जापान ।
सेनाहरू बीच सूचना आदान प्रदान गर्न सक्षम बनाउन रक्षा मन्त्रालयले विकसित गरेको रक्षा सञ्चार उपग्रहलाई कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट सोमबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ । एच ३ रकेट नम्बर ४ लाई ४ तारिख दिउँसो प्रक्षेपण गरिएको र सफलतापूर्वक योजनाबद्ध रुपमा अन्तरिक्ष कक्षमा राखिएको अधिकारीहरुले बताएका छन् ।
सहायक रकेटहरू र रकेटको पहिलो चरणलाई छुट्याउदै उपग्रहलाई योजनाबद्ध कक्षमा राख्दा प्रक्षेपण सफल भएको बताइएको छ ।
पहिलो एच ३ रकेट २०२३ मा प्रक्षेपण गर्न असफल भएको थियो त्यसपछिको सोमबार समेत गरि चौथो प्रक्षेपण सम्म लगातार तीन प्रक्षेपण सफल भएको छ ।
रकेटमा राखिएको डिफेन्स कम्युनिकेसन स्याटेलाइटलाई रक्षा मन्त्रालयले फराकिलो क्षेत्रमा तैनाथ सेनाबीच सूचना आदानप्रदान गर्ने उद्देश्यले स्वतन्त्र रूपमा विकास गरिरहेको छ र हालसम्म दुई वटा प्रक्षेपण भइसकेको छ ।
तेस्रो भू-उपग्रहको सफल प्रक्षेपणसँगै रक्षा मन्त्रालयले योजना अनुसार आफ्नै तीनवटा भू–उपग्रह एकैपटक सञ्चालन गर्न सक्नेछ ।
प्रक्षेपणको जिम्मा लिएको रक्षा मन्त्रालय र जाक्साले राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएकाले स्याटेलाइटको आकार वा कार्यसम्पादन बारे विस्तृत विवरण खुलाएको छैन ।