टोकियो, जापान ।
जापानमा रहेका नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाली विद्यार्थी समाज (नेसाज) जापानले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानमा रहेका नेपाली विद्यार्थीहरुको जापानी भाषागत क्षमता अभिबृद्धि गर्ने उद्देश्य सहित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेसाजले १२ औँ जापानी भाषा प्रतियोगीतामा घोषणा सहित सहभागीताका लागि आवेदन खुल्ला गरेको छ ।
नेसाजको आयोजना तथा आईएचएनओको आर्थिक सहयोग एवं नेपाली राजूतावास जापान र गैरआवासीय नेपाली संघ जापानको संयुक्त आयोजना प्रतियोगिता संचालन हुने बताईएको छ ।
प्रतियोगिा आगामी डिसेम्बर १ तारीख आईतबारका दिन जापानको राजधानी टोकियोमाआयोजना गरिन लागिएको नेसाजका महासचिव अनुपम खड्काले जानकारी दिएका छन् ।
वक्तृत्वकलामा बिजयी हुनेलाई क्रमशः १० मान, ५ मान र ३ मान जापानी येन नगद पुरस्कार प्रदान गरिने छ ।
सहभागी प्रतियोगी सबैलाई सम्मान स्वरूप नेसाज प्रतिनिधी मार्फत प्रमाण पत्र हस्तान्तरण गरिने महासचिव खड्काले बताएका छन् ।
तपाईं पनि प्रतियोगितामा सहभागि हुन चाहनुहुन्छ भने आयोजकले निम्नानुसार नियम र पुरस्कार व्यवस्था गरेको छ ।
१. सन् २०२४ अक्टोबर २१ गते देखि नोभेम्बर ४ गते सम्ममा ब्यानरमा रहेको क्यू आर कोड स्क्यान गरी वा संस्थाको फेसबुक पेज मा रहेको फाराम भरी सहभागिताको लागि आवेदन दिन् सकिनेछ।
२. तपाईंले लेखेको 作文 ९ साकुबुन० ६ सय देखि ८ सय अक्षर सम्म हुनु पर्ने छ।
३. प्रतियोगीता तीन चरणमा गराइने छ१
क. प्रथम पटक तपाईंले लेखेको साकुबुन् फाराम मार्फत बुझाउनु पर्ने छ।
ख. छनोट भयका उतकृष्ट १० प्रतियोगी बीच २०२४ नोभेम्बर १७ तारिख आइतबारका दिन दिउँसो दुइ बजे देखिवअनलाई प्रतियोगिता गराइने छ।
ग. अनलाइन माध्यम बाट छनोट हुनुभएका उत्कृष्ट ३ जनालाई २०२४ डिसेम्बर १ तारीख आईतबारका दिन टोकियो मा अन्तिम प्रतियोगिता गराइने छ।
४. भाषा स्कुल (日本語学校) भोकेसनल स्कुल (専門学校) तथा विश्व विद्यालय (大学) अध्ययन गर्दै गर्नुभएका विद्यार्थी हरु सहभागि हुन सक्नुहुनेछ। साथै भाषा अध्ययन गर्दै गर्नुभएका नयाँ विद्यार्थीहरुलाई प्रोत्साहान स्वरुप १० नम्बर प्रदान गरिनेछ छ।
५. प्रस्तुती समय ६ मीनेट रहनेछ।
६. विषय वस्तु छनोट स्वतन्त्र हुनेछ यद्यपि कसैको राजनैतिक धार्मिक तथा सामाजिक आस्था माथी प्रहार हुने खालका आक्षेप लगाउन पाइने छैन ।
७० अन्य व्यक्तिका अनुभव तथा लेखलाई हुबहु प्रतिलिपी गर्न पाइने छैन ।
८० यस प्रतियोगितामा प्रथम प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने बिजयीलाई इनो छात्रवृत्ति नगद र प्रमाण प्रत्र प्रदान