टोकियो, जापान ।
जापानको प्रमुख मोबाइल फोन सेवा प्रदायक कम्पनी एनटीटी डोकोमोले निर्माण त्रुटिका कारण करिब ९३०,००० सिम कार्ड प्रतिस्थापन गर्ने जनाएको छ ।
एनटीटी टोकोमो आफ्नैको ५१०,००० सिम कार्डहरू र डोकोमो नेटवर्क प्रयोग गर्ने अन्य क्यारियरहरूबाट लगभग ४२०,००० कार्डहरूमा खराबी पाइएको कम्पनीले जनाएको छ । यदि तिनीहरू सामान्य रूपमा काम गरिरहेका भएपनि निकट भविष्यमा प्रयोग गर्न नसकिने हुन सक्ने कम्पनीले जनाएको छ ।
खराबी देखिएका कार्डहरू डिसेम्बर २०२१ र अक्टोबर २०२२ को बीचमा निर्माण गरिएका भएको पाइएको छ । एनटीटी डोकोमोका अनुसार जिडि०६ बाट सुरु हुने क्रम संख्याहरूका सिमहरुमा मुख्यत समस्या देखिएको छ ।
कम्पनीले अक्टोबरको मध्यबाट प्रभावित प्रयोगकर्ताहरूलाई मेल मार्फत सूचित गर्नेछ, र त्यो कार्ड फिर्ता गरेर नयाँ सोहि नम्वर लिंदा निःशुल्क हुने जनाएको छ ।
एनटीटी डोकोमोले यसबाट आफ्ना ग्राहकहरूलाई पर्न गएको असुविधाको लागि माफी समेत मागेको छ ।