(Japan) 4 th October | 2024 | Friday | 8:07:55 AM || (Nepal) 4:52:55 AM
 
 


जापानमा सुनामीमा पनि सुरक्षीत तैरने आश्रय स्थलको सफल परीक्षण

  POSTED ON : Sunday, 22 September, 2024 | Views : 166

जापानमा सुनामीमा पनि सुरक्षीत तैरने आश्रय स्थलको सफल परीक्षण


सिजुओखा, जापान ।

जापानको शिजुओखा प्रान्तको खाडीमा १३१ जना मानिस बोकेको तैरिरहेको सुनामी आश्रयस्थलको सफलतापूर्वक परीक्षण गरिएको छ । यसको निर्माताले यस आविष्कारलाई व्यवसायीकरण गर्ने प्रयास गर्दै यो सुनामीको समयमा समेत तैरनसक्ने दाबी गरेको छ ।

सेप्टेम्बर १८ को सार्वजनिक परीक्षणले स्थानीय सरोकारवालाहरू लगायत विपद् रोकथाम अनुसन्धानकर्ताहरू मेगा फ्लोट ८८ मा शिजुओका शहरको ओरिदो खाडीको वरिपरि सुनामीको छालको दबावका बिच परीक्षण अवधिभर आश्रय स्थल स्थिर रहेको थियो ।

मेगा फ्लोट ८८ शिजुओकाको शिमिजु वार्डमा रहेको निर्माण र घर जग्गा कम्पनी ओनोदा साँग्योद्वारा निर्माण गरिएको थियो, र यो फर्मको पहिलो तैरने सुनामी आश्रय भने होइन । यसले पहिले नै देशभरि समुद्री किनारका कम्पनीहरू, व्यक्तिहरू, र किन्डरगार्टेनहरूका लागि आठ वा १४ जनाको लागि डिजाइन गरिएको लगभग ४० साना आश्रयस्तलहरु बनाएर बेचिसकेको बताएको छ ।

तोकाई विश्वविद्यालय र सिजुओखा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहकार्यमा ठूलो आश्रय निर्माण गरिएको हो ।  मेगा फ्लोटमा दुईवटा शौचालय र १३० सेन्टिमिटर अग्लो र १५ सेन्टिमिटर बाक्लो बाहिरी पर्खालहरू पनि छन्। सामग्रीहरू सैन्य र अन्य उद्देश्यका लागि प्रयोग गरिएको विशेष खालका छन्, जसले प्रभाव र घर्षण प्रतिरोधलाई बढाउँछ ।

यसको अनुमानित मूल्य २ करोड ४० येन राखिएको छ । यो सुनामी निकासी टावरहरू भन्दा सस्तो रहेको र जसलाई डिजाइन र निर्माण गर्न करोडौं येन खर्च भएको बताइएको छ ।

कम्पनीका अनुसार आश्रय नियमित समयमा पार्क वा खुला ठाउँमा राख्ने गरी डिजाइन गरिएको छ र आपतकालीन अवस्थामा त्यहाँका बासिन्दाहरूले यसमा शरण लिन सक्छन् । सुनामीको अवस्थाको आधारमा, आश्रय स्थल तैरिन सक्छ वा भग्नावशेषसँगै बग्न सक्छ, तर डुब्दैन । यो आश्रय स्थलभित्र भित्र रहेका मानिसहरु सुरक्षत रहन सक्नेछन् ।