(Japan) 15 th January | 2025 | Wednesday | 6:19:04 PM || (Nepal) 3:04:04 PM
 
 


कामदार अभाव टार्न जापानमा रेलको लिगहरुको काम गर्न रोबोट भर्ती

  POSTED ON : Friday, 12 July, 2024 | Views : 744

कामदार अभाव टार्न जापानमा रेलको लिगहरुको काम गर्न रोबोट भर्ती


टोकियो, जापान ।

जापानमा कर्मचारी अभाव बढ्दै जाँदा रेल कम्पनीहरुले रोवोटलाई रेलवे पावर लाइनहरू मर्मतका लागि खटाउन थालेका छन ।

यसको सुरुवात स्वरुप पश्चिम जापान रेलवेले १२ मिटर अग्लो रोबोट प्रयोगमा ल्याएको छ । अहिलेको लागि, रोबोटको प्राथमिक कार्य रेलको लिगहरूमा रूखका हाँगाहरू काट्ने र रेलहरू माथि केबलहरू समात्ने धातु फ्रेमहरू चित्रणमा केन्द्रित हुनेकम्पनीले बताएको छ ।

यो प्रविधिले जापानमा वृद्ध कामदारको अभाव पूर्ति गर्नका साथै अग्लो ठाउँबाट कामदार लडेर वा बिजुलीको झट्का लाग्ने जस्ता दुर्घटनाहरूलाई कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

भविष्यमा पूर्वाधारको सबै प्रकारका मर्मत सम्भार कार्यहरूका लागि रोवोटहरु प्रयोग गर्ने आशा गरिएको बताउँदै कम्पनीका अध्यक्ष काजुआकी हसेगावाले यसले श्रमिक अभावलाई कसरी सामना गर्ने भनेर केस स्टडी प्रदान गर्ने बताएका छन् ।