(Japan) 17 th February | 2025 | Monday | 10:18:43 AM || (Nepal) 7:03:43 AM
 
 


जापानमा एनटिटी डोकोमोले बिकट र बिपदमा नेटवर्क दिने फ्लाइङ बेस स्टेशन संचालन गर्ने

  POSTED ON : Tuesday, 04 June, 2024 | Views : 844

जापानमा एनटिटी डोकोमोले बिकट र बिपदमा नेटवर्क दिने फ्लाइङ बेस स्टेशन संचालन गर्ने


टोकियो, जापान ।

तपाईंले कुनै निश्चित स्थानमा टावर राखेर मोबाइल फोनको नेटवर्क छाड्ने गरेको त देख्नु भएकै होला । वा स्याटलाईट नेटवर्क बारेपनि सुने बुझेको हुनुपर्छ । तर अब जापानको एनटीटी डोकोमो कम्पनीले भने बिकट क्षेत्र र विपदको समयलाई लक्षित गरेर उडिरहने नेटवकिगं स्टेशन अर्थात् फ्लाईगं बेस स्टेशन संचालन गर्ने भएको छ ।

कम्पनीले सन् २०२६ मा जापानमा मानवरहित विमान प्रयोग गरेर 'फ्लाइङ बेस स्टेशनहरू' प्रयोग गरी सञ्चार सेवाको व्यापारीकरण गर्ने घोषणा गरेको छ । संसारमा यो सेवाको पहिलो व्यावसायीकरण हुनेछ, र यसलाई प्रकोपबाट प्रभावित क्षेत्रमा प्रयोग गरिने अपेक्षा गरिएको छ। ।

घोषणा अनुसार एनटीटी डोकोमोले प्रमुख युरोपेली विमान निर्माता कम्पनी एयरबसको सहायक कम्पनीसँग मिलेर सन् २०२६ मा जापानमा हाप्स भनेर चिनिने मानवरहित विमान प्रयोग गरी सञ्चार सेवाको व्यापारिकरण गर्नेछ ।

सञ्चार उपकरण र सौर्य उर्जाद्वारा संचालित स्ट्र्याटोस्फियरमा लगभग २०,००० मिटरको उचाइमा लामो समयसम्म उडान हुनेछ, र एउटै विमानले जमिनमा आधार स्टेशनहरू बिना पनि १०० किलोमिटर व्यासको क्षेत्र ओगट्न सक्छ, त्यसैले यसलाई उड्ने आधार स्टेशनको नाममा चिनाइएको छ ।

यो सेवाको संसारमा पहिलो व्यावसायीकरण हुनेछ, र प्रकोपका कारण जमिनमा रहेका आधार स्टेशनहरू प्रयोग गर्न नसकिने अवस्थामा वा पहाडी क्षेत्रहरू जस्ता आधार स्टेशनहरू स्थापना गर्न गाह्रो हुने क्षेत्रहरूमा प्रयोग हुने अपेक्षा गरिएको छ।