(Japan) 19 th May | 2024 | Sunday | 10:28:09 PM || (Nepal) 7:13:09 PM
 
 


आज डिभी चिठ्ठा खुल्ने, यो हो डिभीको नतिजा थाहा पाउने एकमात्र तरिका

  POSTED ON : Saturday, 04 May, 2024 | Views : 2088

आज डिभी चिठ्ठा खुल्ने, यो हो डिभीको नतिजा थाहा पाउने एकमात्र तरिका


टोकियो, जापान ।

अमेरिकी डाइभर्सिटी भिसा (डिभी लोटरी २०२५) को नतिजा आज सार्वजनिक हुँदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जनाएको छ ।

दूतावासले मे ४ तारिख अर्थात् वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने जनाएको छ । यसको लागि यहाँ क्लीक गरेर नतिजा हेर्न सकिन्छ ।

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी समेत गराएको छ ।