(Japan) 19 th May | 2024 | Sunday | 10:44:53 PM || (Nepal) 7:29:53 PM
 
 


ईन्द्रेणिका कृष्ण कँडेलको फेसबुक ह्याक, आफ्नै श्रीमतीको गलत जानकारी पोष्ट

  POSTED ON : Friday, 26 April, 2024 | Views : 1376

ईन्द्रेणिका कृष्ण कँडेलको फेसबुक ह्याक, आफ्नै श्रीमतीको गलत जानकारी पोष्ट


काठमाडौं, नेपाल ।

चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ ।

कँडेलको फेसबुकमा उनले धेरैसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लाग्ने खालका विवरण र आफ्नै श्रीमती अरुसँग लागेको भन्ने आशय दिने खालका विभिन्न फेसबुक म्यासेन्जर च्याटहरु पोष्ट भइरहेका छन् । उनको प्रोफाइल फोटो समेत फेरेर फोटोमा ढाका टोपी लगाएर टाउकोमा पैसा घुसारेको र पैसाकै माला लगाएको इडिट गरेर राखिएको छ ।

गायक तथा इन्द्रेणी कार्यक्रम संचालक कँडेलले आफ्नो फेसबुक आइडी ह्याक भएको बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनले बताएका छन् ।

कँडेल पछिल्लो समय गायिका समिला श्रेष्ठसँग विवादको कारण चर्चामा छाएका थिए ।