टोकियो, जापान ।
विद्यार्थी भिषामा रहेर जापानबाट भ्लगिङ गर्दै आएका भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ । पाँच लाख ६५ हजार भन्दा धेरै सब्स्क्राइबर भएको उनको च्यानल शुक्रवार ह्याक भएको बताइएको छ ।
ह्याकपछि च्यानलको नाम र युजरनेम परिवर्तन गरी नेपालमा प्रतिबन्धित बिटक्वाइनको प्रचार गरिएको थियो । लगत्तै युट्युवले आफ्नो पोलिसि बिपरित भएको भन्दै च्यानललाई युट्युवबाटै हटाइदिएको छ ।
कार्कीको युट्युव च्यानल यसअघि पनि ह्याक भएको थियो ।
ह्याक हुनुको वास्तविक कारण बाहिर थाहा हुन सकेको छैन र कार्कीले नेपालमा रहेका आफ्ना सहयोगी र आइटी मार्फत कार्कीले च्यानल फिर्ताको लागि प्रयास थालेका छन् ।
युट्युव च्यानलमा कार्कीले जापानमा दैनिक भोगाइ र अनुभवहरु सहित यात्राका भ्लग भिडिओहरू राख्दै आएका थिए । यद्यपी जापानको सार्वजनिक नियम तथा सामाजिक मूल्य मान्यता बिपरितका भिडियोहरु राख्ने गरेको भन्दै उनका केहि भिडियोहरुमा जापानमै बस्ने गरेका धेरै नेपालीहरुले आलोचनात्मक टिप्पणीहरु गर्दै आएका थिए ।