(Japan) 4 th October | 2024 | Friday | 7:16:00 AM || (Nepal) 4:01:00 AM
 
 


'जापानी युवाहरू दैनिक ५ घण्टा अनलाइनमा बिताउँछन्'

  POSTED ON : Monday, 15 April, 2024 | Views : 946

'जापानी युवाहरू दैनिक ५ घण्टा अनलाइनमा बिताउँछन्'


टोकियो, जापान ।

जापानी युवाहरूले साताको दिनमा औसतमा दैनिक पाँच घण्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । जबकि १० वर्षका करिब ६५ प्रतिशतसँग आफ्नो स्मार्टफोन रहेको हालैको सरकारी सर्वेक्षणले देखाएको छ ।

बालबालिका र परिवार एजेन्सीले वित्तीय बर्ष २०२३ मा गरेको सर्वेक्षणले युवा उमेरका बीच इन्टरनेट प्रयोगको प्राथमिक उद्देश्य भिडियोहरू हेर्नु रहेको पनि पत्ता लगाएको छ । जबकि संगीत, खेल र खोज इन्जिनहरूको लागि प्रयोग पनि उच्च स्थानमा पाइएको छ ।

हाई स्कूलका विद्यार्थीहरूले साताको दिनमा दैनिक इन्टरनेट प्रयोग ६ घण्टा १४ मिनेट गर्ने गरेका छन् । जुन आर्थिक बर्ष २०२२ को सर्वेक्षणको तुलनामा २९ मिनेटले बढेको छ ।

जुनियर हाई स्कूलका विद्यार्थीहरूको प्रयोग अघिल्लो वर्षको तुलनामा पाँच मिनेट बढेर चार घण्टा ४२ मिनेट र १० वर्ष वा सोभन्दा माथिका प्राथमिक विद्यार्थीहरूको लागि १२ मिनेट बढेर तीन घण्टा ४६ मिनेटमा पुगेको छ।

७ वर्षका आधाभन्दा बढीले अध्ययनका लागि इन्टरनेट प्रयोग गरेका छन्, सरकारी पहलमा प्रति विद्यार्थी एउटा कम्प्युटर वा ट्याब्लेट उपलब्ध गराइने सम्भावना रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।

स्मार्टफोन राख्ने दर ७ वर्षका बालबालिकाका लागि २१.३ प्रतिशत, १० वर्षका बालबालिकाका लागि ६५.२ प्रतिशत, १३ वर्षका बालबालिकाका लागि ९१.९ प्रतिशत र १६ वर्षका बालबालिकाका ९९.१ प्रतिशत रहेको छ ।

तर १० बर्ष वा माथिका बालबालिकाहरु भएका ८३.४ प्रतिशत आमाबाबुले उनीहरूले स्मार्टफोन प्रयोगमा बालबालिकाहरुलाई नियन्त्तामा राख्ने गरेका छन् । अनुपयुक्त साइटहरूमा पहुँच रोक्न अभिभावकीय नियन्त्रणहरू ४४.२ प्रतिशतमा सबैभन्दा सामान्य सुरक्षाको स्तरमा देखिएको छ ।

९ वर्षसम्मका बालबालिकाका अभिभावकहरूले उठाएका अन्य उपायहरूमा वयस्कको अगाडि ६१.९ प्रतिशतमा यन्त्रहरू प्रयोग भएको सुनिश्चित गर्ने र ५८.१ प्रतिशतमा यन्त्र प्रयोगको लागि समय र स्थानको सीमा निर्धारण गर्ने समावेश देखिएको छ ।

गत वर्ष नोभेम्बरदेखि डिसेम्बरसम्म गरिएको सर्वेक्षणले ० देखि ९ वर्षका बालबालिकाका अनियमित रूपमा चयन गरिएका २ हजार १ सय ६० अभिभावकका साथै १० देखि १७ वर्षका ३ हजार २ सय ७९ विद्यार्थी र उनीहरूका अभिभावकबाट ३ हजार ३२२ जनाबाट प्रतिक्रिया प्राप्त गरिएको थियो ।