(Japan) 17 th February | 2025 | Monday | 10:42:50 AM || (Nepal) 7:27:50 AM
 
 


अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण हुँदा जापानी बैज्ञानिकहरु खुशीले रोए

  POSTED ON : Saturday, 17 February, 2024 | Views : 1530

अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण हुँदा जापानी बैज्ञानिकहरु खुशीले रोए


टोकियो, जापान ।

जापानको अर्को पुस्ताको एच ३ अन्तरिक्ष रकेटको दोस्रो मोडल शनिबार सफलतापूर्वक प्रक्षेपाण गरिएको छ ।

एउटा सानो उपग्रहलाई कक्षमा राखेर, झण्डै एक वर्षअघि पहिलो मोडलको असफलतापछि राष्ट्रको उपग्रह प्रक्षेपण र अन्तरिक्ष अन्वेषण क्षमतालाई बढावा दिन यान प्रक्षेपण गरिएको हो ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी जाक्सा र मित्सुबिशी हेवी इंडस्ट्रीज द्वारा विकसित एच३ तरल ईन्धन रकेट राखेर कागोशिमा प्रिफेक्चरको तानेगाशिमा स्पेस सेन्टरबाट बिहान ९ बजेर २२ मिनेटमा प्रक्षेपण गरिएको हो ।

रकेटले उडान कार्यसम्पादन परीक्षण गर्न मद्दतको लागि पृथ्वी अवलोकन उपग्रह दाईची ३ जत्तिकै तौल भएको भेप फोर नामक २।६ टन डमी उपग्रह बोकेको थियो । गत मार्चमा पहिलो युनिटको असफल प्रक्षेपणका क्रममा दाइची–३ हराएको थियो ।

पहिलो, ५० सेन्टीमिटर उपग्रहलाई सफलतापूर्वक अलग गरी कक्षामा पठाइएपछि जाक्साका अधिकारीहरूले उत्साह महनाउँदै एकअर्कालाई अँगालो हालेर प्रक्षेपण नियन्त्रण कक्षमा खुशीले रोएको समेत देखिएको थियो ।