(Japan) 5 th June | 2023 | Monday | 3:35:55 AM || (Nepal) 12:20:55 AM
 
 

आम अभिमतलाई अवमूल्यन गर्दा अनलाईनखवरले गुमायो दशौंहजार फलोअर

  POSTED ON : Sunday, 08 May, 2022 | Views : 2532

आम अभिमतलाई अवमूल्यन गर्दा अनलाईनखवरले गुमायो दशौंहजार फलोअर


काठमाडौं, नेपाल ।

प्रविधि विकासले विश्वलाई यति सांघुर्याईसकेको छ कि विश्वको जुनसुकै कुनामा भएको जो सुकै वा जुनसुकै चीज कुनैपनि बेला विश्वभर छाउन वा पत्तासाफ हुनसक्छ ।

टिकटकको माध्यमबाट केही नबोली सेनेगलका खाबाने लेम विश्वचर्चित बने, फेसबुकमा राखिएको एउटा फोटो वा सानो भिडियोले तरकारीवाली कुशुम, बाल गायक अशोक, नेपाली गायिका समिक्षा र रचना हुन् वा ईण्डियन रानु मण्डल नै यस्ता सयौं व्यक्ति छन् जो सामाजिक संजालको बलमा चर्चित बनेका छन् ।

सामाजिक संजालको बलमै कुनैपनि संस्था वा मिडिया कत्तिको लोकप्रिय छ भनेर विश्वभर तौलन थालिएको छ । तर यस्तोमा कुन मिडियाले कस्ता कुरा पस्कन्छन् भन्ने कुराको पनि हेक्का भने राख्नुपर्छ । कुनै एक घटना, प्रसंग वा समाचारले मात्र पनि कुनैपनि मिडियाको आम छवि तय हुनेगर्छ र गरेको पनि छ । जस्तो कि एमसिसि प्रकरणमा सबैभन्दा पनि विज्ञापन बजाएर यसको समर्थन र प्रचार गर्ने हिमालयन टेलिभिजन । जसले विवादास्पद अमेरिकी सहयोग एमसीसी राम्रो हो, नेपालको हितमा छ भन्दै भिडियो राखेपछि यतिधेरै जनआक्रोस खेप्नु पर्यो कि मिडिया हाउसलेनै विज्ञापन मात्र राखेको हो भन्दै प्रष्टिकरण दिएर विज्ञापननै बजाउन बन्द गर्नुप्यो । यति मात्र होइन उसले दशौं हजार आफ्ना फेसबुक सहित युट्युव र ट्विटरमा फलोअर गुमाउन पुगेको थियो ।

अहिले आम अभिमतको नजरअन्दाज गरेर व्यक्तिको पूर्वाग्रह युक्त ब्लग र गलत छाप पार्नेगरि भिडियो प्रकाशित गर्दा आफुलाई नेपालको नम्वर वान बताउने अनलाईन खवर त्यस्तै हालतमा पुगेको छ ।

प्रशंग हो राजधानी काठमाडौं महानगरपालिका मेयर बालेन शाहको उम्मेदवारी । निर्वाचनको हप्तादिन पनि बाँकी नरहँदा अनलाइनखवरले शुक्रवार भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान शिर्षकमा शम्भु सुस्केराको ब्लक छापेको थियो । दिउँसो करिव ३ बजे आसपास आफ्नो फेसबुक पेजबाट समाचार सेयर गरेपछि अनलाईनखवरको चर्को बिरोध हुन थाल्यो । जुन तपाईं उक्त ब्लक राखेको फेसबुकमा कमेन्ट पनि हेर्नसक्नुहुन्छ ।

हजारौं व्यक्तिको बिरोध जारी रहँदा अन्य उम्मेदवारको उम्मेदवारी बारे तटस्थ देखिने समाचार तर बालेनको पुन चुनाव प्रचारमा नमस्कार गर्यो, सेल्फी खिच्यो हिँड्यो भनेर भिडियो पनि राखेपछि अनलाइनखवरमाथि खनिएकाहरु अरिंगाल जस्तै बनेर एकजुट भएर यसको बहिस्कारमा उत्रिए ।

नतिजात केही घण्टामानै अनलाइनखवरले दशौंहजार फलोअर गुमान पुग्यो । अनलाईनखवरको फेसबुकमा अनफलो, अनलाईक तथा युट्युव र ट्विटरमा समेत सब्सक्राइक घट्नुका साथै फलोअर आरोलो लाग्न थाल्यो ।

अनलाइनखवरले उक्त समाचार राखेको करिव ८ घण्टापछि आधिकारिक पेजमा हेर्दा १,५५६,७९४ जनाको लाइक तथा रेटिगं ४ रहेको थियो । जुन यसअघिनै दशौंहजार घटिसकेको थियो ।

तर यो क्रम जति पछि भयो उति बढ्दै अनलाइनखवर अनफलो गर्नेको संख्यामा पहिरो  गएर शनिवार मध्यरात १,५४१,८०७ रहेको थियो । रेटिगं घटेर २.७ मा आइपुगेको थियो ।

अर्थात् १४,९८७ जना फलोअर घटेका थिए । यसमा विर्सन नहुने के भने यसबिचमा दैनिक बढ्ने अनलाइनखवरका फलोअर बढेपनि अनफलो गर्नेको संख्या उस्तै बढिरहेको छ ।

यो समाचार तयार पार्ने बेलासम्ममा नेपाली समय अनुसार आइतबार बिहान ६ बजे अनलाइनखवरको फेसबुकपेजमा लाइक गर्नेको संख्या ओरालो लागेर १५ लाख ३४ हजारमा आइपुगेको छ । अर्थात् शुक्रबार मध्यरात यता २३ हजार फलोअर घटिसकेका छन् ।

अनलाइनखवरको पेजमा स्क्रोलिगं गरेर हरेक मिनेटमा हेर्ने हो भने अनफलो गर्नेको संख्या घटिरहेको छ । औषतमा हरेक ५ मिनेटमा अहिलेपनि एक सय भन्दा धेरैजनाले अनफलो गरिरहेका छन् ।

पाठकहरु आफुमाथि खनिएको देखेर हो वा नियमीत रिपोर्टिगंका क्रममा अनलाइनखवरले शनिवार साँझ बालेन शाहको उम्मेदवारी प्रोफाइल त प्रकाशित गरेको छ तर आम आक्रोस थामिएको देखिन्न ।

'९० हजार भोट ल्याउँछु, ई सरकार बनाउँछु' शिर्षकमा अन्तर्वार्ता समेत प्रकाशित गरेको अनलाइन खवरले पब्लिक सेन्टिमेन्टलाई फेरी फर्काएर अनफलो जोगाउन गरेको प्रयास समेत खेर गएको देखिन्छ ।

बालेनको बिरोध शैलिमा ब्लग र भिडियो राखेपछि अनलाईनखवर अनफलो गर्नेको लर्को