(Japan) 20 th May | 2022 | Friday | 2:53:38 AM || (Nepal) 11:38:38 PM
 
 

जापान र अमेरिकाले उन्नत प्रविधिको निर्यातमा कडाई गर्ने

  POSTED ON : Friday, 06 May, 2022 | Views : 546

जापान र अमेरिकाले उन्नत प्रविधिको निर्यातमा कडाई गर्ने


टोकियो, जापान ।

जापान र अमेरिकाले उन्नत खालको प्रविधिको निर्यात नियन्त्रण कसिलो बनाउनेतर्फ काम गर्ने भएका छन् ।

जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री कोइची हागिृदा र अमेरिकी वाणिज्य मन्त्री गिना राइमोन्डोले सेमिकन्डक्टर र अन्य कटिङ एज प्रविधिहरुको निर्यात नियन्त्रण कसिलो बनाउने अन्तरराष्ट्रिय प्रयासमा दुई देशले नेतृत्व दिने सहमति गरेका छन् ।

बुधबार वाशिङटनमा भएको भेटवार्तामा दुईजनाबीच उक्त सहमति भएको हो । उन्नत प्रविधिहरुलाई सैन्य र अन्य अबाञ्छनीय गतिविधिमा प्रयोग हुनबाट रोक्न स्वतन्त्र व्यापारको वकालत गर्ने अन्य देश र क्षेत्रहरुसँग जापान र अमेरिकाले मिलेर काम गर्नेछन् ।

जिम्मेवार निर्यात नियन्त्रण ढाँचा स्थापना गर्ने विषयमा गहन छलफलको पहल यी दुई देशले गर्ने पनि भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा हागिउदाले भनेका छन् ।

सैन्य र नागरिक प्रयोजन दुबैमा उपयोग गर्न सकिने एवम् मानव अधिकार उल्लंघनको प्रयोजनमा प्रयोग हुने सक्ने प्रविधिको कठोर व्यवस्थापन सुनिश्चित गर्न योजना बनाउन पनि हागिउदा राइमोन्डोबीचको भेटघाटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । यो पहल रुस र चीनविरुद्ध प्रतिक्रिया बलियो बनाउन पनि लक्षित देखिएको छ ।