(Japan) 20 th May | 2022 | Friday | 3:54:16 AM || (Nepal) 12:39:16 AM
 
 

ट्विटर चलाउन पैसा तिर्नुपर्ने नियम ल्याउँदै एलन मस्क

  POSTED ON : Wednesday, 04 May, 2022 | Views : 326

ट्विटर चलाउन पैसा तिर्नुपर्ने नियम ल्याउँदै एलन मस्क


एजेन्सी, टोकियो ।

गत हप्ता ट्विटर किनेर विश्वकै धनी व्यक्ति एलन मस्क र ट्विटर कम्पनी चर्चामा आएको थियो। यो हप्ता पनि  मस्क र ट्विटर चर्चामा छन् । यस पटक चर्चाको विषय ट्विटर प्रयोगकर्तासँग सम्बन्धित छ।

एलन मस्कले यसलाई खरिद गरेपछि प्रयोगकर्ताले भविष्यमा ट्विटर प्रयोग गर्दा शुल्क तिर्नुपर्ने स्पष्ट पारेका छन् । एलन मस्कले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । यद्यपि, उनले आफ्ना क्याजुअल प्रयोगकर्ताका लागि सधैं झैं निःशुल्क रहने पनि स्पष्ट पारेका छन् ।

एलन मस्कले आफ्नो ट्विटमा भनेका छन्, 'ट्विटर अनौपचारिक प्रयोगकर्ताका लागि सधैं निःशुल्क हुनेछ। तर व्यावसायिक र सरकारी प्रयोगकर्ताहरूले यसको लागि थोरै शुल्क तिर्नु पर्ने छ।'

ट्विटर खरिद गरेपछि एलन मस्कले यसको व्यवस्थापन पूर्ण रूपमा परिवर्तन गर्न सक्छन्। उनले ट्विटरका वर्तमान सीईओ पराग अग्रवाल र नीति प्रमुख विजया गड्डेलाई निकाल्ने चर्चा चलिरहेको छ । 

एलन मस्क कम्पनीमा धेरै ठूला परिवर्तनहरू गर्न चाहन्छन् भन्ने धेरै मिडिया रिपोर्टहरूमा खुलासा भएको छ। पराग अग्रवाल र विजया गड्डेलाई हटाउने भनिए पनि अहिलेसम्म यसको पुष्टि भएको छैन।

एलन मस्क लामो समयदेखि ट्विटर किन्न खोज्दै थिए तर उनको कुरा मिलिरहेको थिएन। २५ अप्रिलमा मस्क र ट्विटरबीच एउटा सम्झौता भयो। अन्तत टेस्लाका सीईओ एलन मस्क सफल भए। उनले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । 

यो सम्झौतापछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने चर्चा चलेको छ । कम्पनीले धेरै नयाँ नीति ल्याउन सक्छ।