(Japan) 20 th May | 2022 | Friday | 3:41:30 AM || (Nepal) 12:26:30 AM
 
 

जनसंख्या घटेर विद्यार्थी अभाव भएपछि जापानका आधाभन्दा धेरै नर्सरी विद्यालय बन्द गर्नुपर्ने अवस्थामा

  POSTED ON : Wednesday, 04 May, 2022 | Views : 662

जनसंख्या घटेर विद्यार्थी अभाव भएपछि जापानका आधाभन्दा धेरै नर्सरी विद्यालय बन्द गर्नुपर्ने अवस्थामा


टोकियो, जापान ।

जापानमा ५० प्रतिशतभन्दा धेरै नर्सरी विद्यालयलाई खुला रहन अन्ततः समस्या हुने अनुमान गरिएको छ ।

जनसंख्या घट्दै गइरहेकोले विद्यालयलाई सञ्चालनका लागि चाहिने विद्यार्थी अभाव हुने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको एउटा सर्वेक्षणमा सहभागी आधाभन्दा धेरै विद्यालयहरुले बताएका छन् । १० प्रतिशत विद्यालयहरुलाई अहिले नै यस्तो समस्या भइसकेको छ ।

जनसंख्यामा आउने कमीले विद्यालयको सञ्चालन यथावत् राख्न समस्या हुन्छ कि भनेर सोधिएको प्रश्नमा १२ दशमलव २ प्रतिशतले पहिला देखि नै असर देखिरहेको बताएका थिए । ५५ दशमलव ७ प्रतिशतको जवाफ चाँहि भविष्यमा हुन सक्छ भन्ने थियो ।

जनसंख्यामा आइरहेको कमीले विद्यार्थी भर्ना गर्न सक्ने क्षमता प्रभावित भइरहेको छ कि भनेर सोधिएको प्रश्नमा ११ दशमलव ९ प्रतिशतले समस्या भइरहेको भन्ने जवाफ दिएका थिए ।

५४ दशमलव १ प्रतिशतको उत्तर भविष्यमा हुन सक्छ भन्ने थियो । सर्वेक्षण देशभरका ३७ हजार नर्सरी विद्यालयहरुमाझ गरिएको थियो । यसमा सरकारी अनुमति दिएको नसरी विद्यालयहरु समेत समावेश थिए ।

सर्वेक्षण गत वर्षको नोभेम्बर देखि डिसेम्बरको बीचमा भएको थियो । कूल मध्ये ९ हजार ४९३ विद्यालय अर्थात् करीब २५ प्रतिशतले मात्रै उत्तर दिएका थिए ।