(Japan) 19 th April | 2024 | Friday | 2:22:19 PM || (Nepal) 11:07:19 AM
 
 


३० हजार विदेशी विद्यार्थी जापान प्रवेश गरे, अझै ८० हजार प्रतिक्षारत

  POSTED ON : Wednesday, 13 April, 2022 | Views : 4548

३० हजार विदेशी विद्यार्थी जापान प्रवेश गरे, अझै ८० हजार प्रतिक्षारत


टोकियो, जापान ।

जापान सरकारले कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको प्रवेश कडाइलाई मार्चदेखि खुकुलो बनाएपछि करिब ३० हजार विदेशी विद्यार्थीहरू जापान भित्रिएका छन ।

विद्यार्थी भिषाको लागि प्रवेश अनुमति प्राप्त गरि करिव दुई वर्षदेखि जापान प्रवेश गर्न पर्खिरहेका लगभग १ लाख १० हजार विदेशी विद्यार्थीहरू मध्ये गत महिनाबाट देशको कडा सीमा प्रतिबन्धमा गरिएको खुकुलोका कारण एक महिनामा ३० हजार भित्रिएको शिक्षा मन्त्री शिनसुके सुमात्सुले बताएका छन।

सरकारले आगामी मे महिनासम्म प्रतिक्षारत रहेका अधिकांश विदेशी विद्यार्थीलाई स्वीकार गर्ने लक्ष्य राखेको बताऊदै मन्त्री सुमात्सुले भने ”त्यो लक्ष्यमा प्रगति सामान्यतया राम्रो हुँदैछ।”

जापानले लामो समयदेखि कडा सीमा नियन्त्रणका कदम चालेको कारण विद्यालयहरू अप्रिलबाट सुरु हुदापनि विदेशी विद्यार्थीको आगमनमा पारेको गम्भीर असर र प्रभावका विषयलाई लिएर प्रभावित विद्यार्थीहरू र शिक्षाविद्हरूले कडा आलोचना गरेपछि गत महिनादेखि प्रवेशमा केहि सहजता बनाईएको थियो ।

गत नोभेम्बरको अन्तबाट जापानले प्रभावकारी रूपमा गैरआवासीय विदेशी नागरिकहरूलाई कोरोनाभाइरसको अत्यधिक प्रसारण हुने ओमिक्रोन संस्करणको फैलावट रोकथामका लागि भन्दै सघन रूपमा प्रवेश प्रतिबन्ध लगाएको थियो ।

वैदेशिक आगमनमा दैनिक सीमा चरणबद्ध रूपमा बढाउदै मार्च १४ मा ५००० बाट ७००० र गत आइतवारबाट १०००० मा पुर्‍याइएको छ। सरकारले विदेशी विद्यार्थीलाई जापान आउन साताको उडानमा सिट छुट्याएर प्राथमिकता समेत दिदै आएको छ ।

सीमा नियन्त्रणमा सहज बनाएर व्यवसायीहरू, विद्यार्थीहरू र फर्कने जापानी नागरिकहरू र विदेशी बासिन्दाहरूलाई प्रवेश गर्न अनुमति प्रदान गरेपनि पर्यटकहरूका लागि भने प्रवेश बन्द नै रहेको छ।

सम्बन्धित सामग्री: