(Japan) 10 th August | 2022 | Wednesday | 9:15:20 PM || (Nepal) 6:00:20 PM
 
 

जापानमा नेपाली विद्यार्थीलाई खुशीको खवर-जापानद्धारा बिदेशी विद्यार्थीलाई रोजगार दिंदा भाषामा नरम नीति अपनाउँदै

  POSTED ON : Wednesday, 14 November, 2018 | Views : 15907

जापानमा नेपाली विद्यार्थीलाई खुशीको खवर-जापानद्धारा बिदेशी विद्यार्थीलाई रोजगार दिंदा भाषामा नरम नीति अपनाउँदै


टोकियो ।

जापानमा रहेका बिदेशी विद्यार्थीहरु जो जापानमै रोजगार गर्न चाहन्छन् उनिहरुको लागि आशलाग्दो खुशीको खवर छ । खवर अनुसार बिदेशी विद्यार्थीलाई जापानी कम्पनीहरुले कामको लागि लिंदा लिने भाषा परिक्षामा नरम नीति अपनाउने संकेत देखिएको छ ।

जापानी कम्पनीहरुले लिखित तथा अन्तर्वार्तामा बिदेशी विद्यार्थीहरुलाई भाषामा कडाई गर्दा धेरैले रोजगारी पाउन नसकेको भन्दै जापान सरकारले त्यस्तो नीतिमा परिवर्तन गर्न जापानी कम्पनीहरुलाई अनुरोध गर्ने भएको छ ।

जापानी सरकारी सार्वजनिक टेलिभिजन च्यानल एनएचकेले प्रशारण गरेको समाचार अनुसार जापानको न्याय मन्त्रालयले जापानी कम्पनीहरुलाई यस्तो अनुरोध गर्ने भएको छ ।

सरकारले बिदेशी छात्रा जो जापानमा अध्ययन गरिरहेका छन् उनिहरुलाई जापानमै रोजगारी दिन भाषामा नरम नीति अपनाउने योजना आगामी बर्ष अप्रिलबाट थप बिदेशी कामदार ल्याउने नयाँ नीतिकै एक लक्ष्य भएको बताईएको छ ।

जापानमा कामदार अभाव बढ्दै जाँदा जापानी कम्पनीहरुले पछिल्लो समय धेरै संख्यामा बिदेशी विद्यार्थीहरुलाई रोजगार दिन थालेको छ ।

न्याय मन्त्रालयले विद्यार्थीमाथि भाषाको बोझ कम गर्न सकेमा त्यसबाट जापानी कम्पनीहरुको श्रमिक अभाव कम हुनुका साथै विदेशी विद्यार्थीहरुले अध्ययन गरेपछि जापानमा रोजगारी पाउन सहज हुने विश्वास लिएको छ ।

सरकारी अधिकारीहरुले जापानी कम्पनीहरुले बिदेशी विद्यार्थीहरुलाई रोजगारी दिंदा आवेदकको जापानी भाषा स्तर परिक्षा भन्दा उनिहरुसँग साक्षात्कार गर्नमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

जापान सरकारको पछिल्लो यो खवर अनुसारको नीति जापानी कम्पनीहरुले अपनाएमा भाषा स्तर कम भएकै कारण जापानी कम्पनीमा कामगर्नबाट बञ्चित हुँदै आएका हजारौं नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

सरकारी योजना अनुसार आगामी अप्रिलबाट यो नीति लागू भएमा यसले जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अध्ययनपछि रोजगारीको बढ्दो समस्या धेरैहदसम्म समाधान हुने विश्वास गर्न सकिन्छ ।