टोकियो, जापान ।
जापानले कोभिड महामारीका कारण हाल लगाएको नयाँ विदेशी प्रवेश प्रतिबन्धलाई अपवाद बनाउँदै केही विद्यार्थीहरुलाई प्रवेश दिएको छ । जापान सरकारले सरकार प्रायोजित कम्तिमा ८७ विदेशी विद्यार्थीहरूलाई प्रवेश अनुमति दिएको छ ।
ति विद्यार्थीहरूको प्रवेश सम्भवतः यसै महिनाको अन्त्यबाट सुरु हुने भएको छ । उनीहरूलाई उनीहरूको विद्यालयले तयार पारेका होटलहरूमा आइपुगेपछि १० दिनको लागि क्वारिन्टिन बस्न भनिनेछ ।
'जापानले सार्वजनिक हित र सबै प्रवेशिको जरुरी आवश्यकतालाई ध्यानमा राख्दै अपवादको निर्णय गरेको' मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकार सम्मेलनमा भने '८७ विद्यार्थीहरूसँग स्नातक वा सो सरहको अध्ययन पूरा गर्न अब केवल एक वर्ष भन्दा कम समय बाँकी छ र सरकारले उनीहरूलाई जापान प्रवेश गरेर अध्ययन पुरा गर्न अनुमति दिने निर्णय गरेको छ ।'
जापानले गत वर्ष नोभेम्बर ३० मा कोरोना भाइरसको अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टमा बढ्दो चिन्ताको बीचमा प्रवेश प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध गत हप्ता फेब्रुअरीको अन्त्यसम्म लम्ब्याइएको छ ।
सरकारले गम्भीर बिरामी वा अन्त्येष्टिको लागि आउनुपर्ने सहित 'विशेष परिस्थितिहरू' भएमा प्रवेश दिने बताएको छ, तर मुल रुपमा ओमिक्रोन भेरियन्टको उदय भएदेखि नै जापान सबै नयाँ भिषा बाहकको सहज प्रवेश प्रतिबन्धको नीतिमा अझै अडिग छ ।
मात्सुनोले सरकारले थप अपवादको रुपमा व्यक्तिगत घटनाहरु हेरेर विचार गर्दै प्रवेश दिने बताए ।
देशको कडा सीमा नियन्त्रणका कारण बढ्दो संख्यामा विदेशी विद्यार्थीहरूले जापानमा अध्ययन गर्न छोडेपछि शैक्षिक र आर्थिक सर्कलहरूले चिन्ता व्यक्त गरिरहँदा यो कदम आएको चालिएको हो ।
सरकारका उपायहरूले 'विदेशी विद्यार्थीहरू र विदेशी कामदारहरूलाई काम गर्ने व्यवसायहरूलाई असर गरिरहेको छ' एएनए होल्डिङ्स इंकका अध्यक्ष शिन्या कातानोजाकाले गत हप्ता बताएका थिए ।
'मलाई आशा छ कि सरकारले प्रभावकारी संक्रमण नियन्त्रण र सामाजिक आर्थिक गतिविधि दुबैलाई वैज्ञानिक दृष्टिकोणबाट सन्तुलनमा ल्याउनेछ' उनले अन्तर्राष्ट्रिय उडानमा भारी कटौतीको बीचमा जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
...
श्रोत : क्योदो न्यूज