(Japan) 10 th August | 2022 | Wednesday | 8:03:15 PM || (Nepal) 4:48:15 PM
 
 

टोकियो श्रम कार्यालयको आयोजनामा ५ सय बिदेशी विद्यार्थीको लागि रोजगार कार्यक्रम

  POSTED ON : Wednesday, 17 October, 2018 | Views : 4040

टोकियो श्रम कार्यालयको आयोजनामा ५ सय बिदेशी विद्यार्थीको लागि रोजगार कार्यक्रम


टोकियो ।

जापानी कम्पनीमा बिदेशी विद्यार्थीहरुको बढ्दो मागका बिच मंगलबार टोकियोमा रोजगार मेला आयोजना भएको छ ।

टोकियो श्रम कार्यालयको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । रोजगार कार्यक्रममा टोकियो सहित आसपासका २१ ठूला कम्पनीहरुले आफ्नो स्टल राखेका थिए । यसमा निर्माण, सेवा प्रदायक तथा विभिन्न उद्योग कम्पनीहरुका समेत रहेका थिए ।

करिव ५ सय विदेशी विद्यार्थी सहभागी यस कार्यक्रममा सहभागीहरुले जापानी कम्पनीहरुलाई आफू काम गर्न चाहेको जानकारी सहित विवरण पेश गरेका छन् ।

आगामी शैक्षिक सत्रमा विश्वविद्यालय तह एवं व्यवसायिक शिक्षामा स्नातक गर्दै गरेका विद्यार्थीहरु रोजगार मेलामा सहभागी भएका थिए ।

सहभागी विद्यार्थीहरुले जापानी कम्पनीमा काम गर्न चाहनुको कारण सहित अन्र्तवार्ता दिएको र सहभागी अधिकाशंले जापानमा कामगर्ने अवसर पाउने ठानिएको छ ।

कामदार अभावको समस्या पछिल्लो केही बर्ष यता जापानी कम्पनीहरुले भोग्दै आएका छन् । विगतमा भन्दा धेरै संख्यामा बिदेशी कामदारहरु रोजगारमा राखिरहेका यस्ता कम्पनीहरुले बिदेशी विद्यार्थीहरुलाई काममा राख्न आफ्ना धेरै कडा प्रावधानमा समेत लचकता अपनाउन थालेका छन् ।

सन् २०१७ को रेकर्ड अनुसार २२ हजार बिदेशी विद्यार्थीले जापानमा रोजगारको अवसर पाएका छन् । यसरी रोजगारको अवसर पाउनेमा अधिकाशं विश्वविद्यालय वा व्यवसायिक शिक्षा पढाई पुरा गरेकाहरु रहेका छन् जसले जापानी कम्पनीमा काम थालेको वा आफ्नै व्यवसाय सुरु गरेकाहरु पर्दछन् ।