(Japan) 20 th April | 2024 | Saturday | 4:37:00 AM || (Nepal) 1:22:00 AM
 
 


जापानी काईदा ! अब रोबोटले हिँड्दै हावामा फैलिएको भाइरस भ्याक्टेरिया मार्ने

  POSTED ON : Wednesday, 10 November, 2021 | Views : 2156

जापानी काईदा ! अब रोबोटले हिँड्दै हावामा फैलिएको भाइरस भ्याक्टेरिया मार्ने


योकोहामा, खानागावा ।

जापानको खागावावामा हावामा फैलिएका भाइरसका ब्याक्टेरिया नष्ट गर्ने रोबोट सार्वजनिक गरिएको छ ।

ह्यान्ड्राइल र पराबैगनी किरणद्धारा विकिरण गर्ने रोबोट फुजिसावा शहरमा प्रदर्शनी गरिएको हो ।

फुजिसावा शहरको एक भवन भित्र स्वचालित रूपमा चल्ने रोबोट प्रदर्शन गर्दै निर्माताले यसले ब्याक्टेरिया नष्ट गर्ने जनाएको छ ।

फुजिसावा शहरको सुजिदो सिभिक सेन्टरमा ५० सेमी व्यास र १४० सेन्टिमिटर उचाइ भएको बेलनाकार रोबोट प्रदर्शन गरिएको थियो ।

रोबोटले मानव शरीरमा असर नगर्ने पराबैंगनी किरणहरू छर्दै ब्याक्टेरिया मुक्त गर्दै १०० मिटर प्रति घण्टाको सुस्त गतिमा भवनमा यात्रा गरेको थियो ।

यदि रोबोट हिँड्ने मार्गमा कोहि व्यक्ति भेटेमा रोकिनेछ, तर यसले छर्ने पराबैजनी किरण लगायतले मानिसको शरिमा कुनैपनि असर गर्नेछैन ।


फुजिसावा शहर रोबोट उद्योगलाई प्रवर्द्धन गर्ने देशको एक विशेष क्षेत्र हो । यो रोबोटको प्रयोगले कोरोनाको युगमा रोबोटलाई कसरी प्रयोग गर्ने भनेर अन्वेषण गर्न मद्दत पुग्ने ठानिएको छ ।

भविष्यमा, फुजिसावा शहरले नगरपालिका पुस्तकालयमा भारसका ब्याक्टेरिया नष्ट गर्ने यस रोबोटको प्रयोग सञ्चालन गर्ने भएको छ । साथै यसलाई भविष्यमा कसरी व्यापक प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बिचार गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री: