(Japan) 29 th March | 2024 | Friday | 1:37:42 PM || (Nepal) 10:22:42 AM
 
 


जापान पस्ने अनुमतिका लागि दर्जनौं विदेशी विद्यार्थीको अनुरोध

  POSTED ON : Saturday, 24 July, 2021 | Views : 5168

जापान पस्ने अनुमतिका लागि दर्जनौं विदेशी विद्यार्थीको अनुरोध


टोकियो, जापान ।

कोरोना भाइरसको महामारीबीच जापानले सीमामा कडाई गरेको छ । नवप्रवेशीहरूको प्रवेशमा रोक लगाएको छ ।

यस्तोमा आफ्नो शिक्षा–दिक्षाका लागि जापान आउने योजना बनाइरहेका दर्जनौं विद्यार्थीहरूले प्रवेश नपाउँदा कुन्ठा र निराशा व्यक्त गरेका छन् । सोमबार जापान आउने योजना बनाएका करीब ६० विद्यार्थीहरुले एक अनलाइन कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रम जापानस्थित जापानी भाषा विद्यालय समेतका समूहले आयोजना गरेका थियो । सो कार्यक्रम जापान सरकारले आफूलाई प्रवेशको अनुमति कहिले देला भनेर गृह देशमै बसिरहेका मानिसका लागि थियो ।

कार्यक्रम लाइभस्ट्रिम गरिएको थियो । सो कार्यक्रममा २५ वर्षिय इटलेली युवतिले आफूले पहिला नै कोरोना भाइरस विरोधी खोप लगाइसकेको र आवश्यक सबै नियमहरूको पालना गर्न तयार भएको भन्दै जापान भित्र प्रवेश गर्न दिन जापान सरकारसँग अनुरोध गरेकी थिइन् ।

गत वर्ष जापानमा अध्ययनका लागि करीब ४९ हजार जना आएको जापानको अध्यागमन सेवा एजेन्सीले बताएको छ । यो अघिल्लो वर्षको तुलनामा ६० प्रतिशत कम हो । सरकारले यात्रामा लगाएको प्रतिबन्धका कारण यस्तो भएको हो ।

महामारीका कारण विशेष अवस्था बाहेक सबैलाई जापान प्रवेशमा रोक लगाइएको छ । अनलाइन कार्यक्रम आयोजकहरुले सहभागीहरूको धारणा थप मानिसले सुनुन् भनेर यसलाई अनलाइनमा सार्वजनिक गर्ने योजना बनाइरहेका छन् ।

सम्बन्धित सामग्री: