(Japan) 20 th April | 2024 | Saturday | 8:28:46 AM || (Nepal) 5:13:46 AM
 
 


प्रबिधिको उच्चतम प्रयोग-पसलमा मास्क नलगाइ गए रोबोटको फेला पर्नुहोला !

  POSTED ON : Sunday, 15 November, 2020 | Views : 4110

प्रबिधिको उच्चतम प्रयोग-पसलमा मास्क नलगाइ गए रोबोटको फेला पर्नुहोला !


ओसाका, जापान ।

कोभिड-१९ महामारीबिच सम्पूर्ण ब्यापार ब्यवसाय खुल्ला रहदा जापानमा पसलमा किनमेलका लागि आउने उपभोक्तालाई अनिवार्य मास्क लगाउन रोबोटले अनुरोध गर्न थालेको छ ।

उपभोक्ताबाट कोरोना भाइरसको प्रसारलाई रोक्न ग्राहकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न अनुरोध गर्ने रोबोटले ओसाकाको एक पसलमा परिक्षणको रुपमा काम थालेको छ ।

रोबोटको विकास गरेका क्योतोका अन्तर्राष्ट्रिय उच्चतम दूरसंचार अनुसन्धान संस्थानले रोबोट राखेपछि कर्मचारीलाई प्रतिस्थापन गर्न र महामारीको बीचमा मानिसहरु बीचको सम्पर्क घटाउन सहयोग पुग्ने जनाएको छ ।

ओसाका शहरको सुमिनो वार्डमा जापानी ब्यवसायिक फुटबल क्लब सेरेजो ओसाकाको कपडा शो रुममा बुधवारबाट रोबोटको परीक्षण थालिएको छ ।

रोबोटको ट्रायल नोभेम्बर ३० सम्म गरेर पारीमार्जन सहित रोबोटलाई प्रयोगमा ल्याइने अनुसन्धानकर्ताले बताएका छन । 

कपडा शो रुमको बारेमा सम्पूर्ण जानकारी, क्यामेरा, सेन्सर, दूरीहरू मापन गर्न यन्त्र रोबोटमा पहिलेनै राखिएको हुन्छ । जसको मद्दतबाट रोबोट कपडा शो रुममा लेजरहरूको प्रयोगबाट पेट्रोलिङ गर्न सक्षम बनाइएको छ ।

रोबोटले मास्क नलगाएको ग्राहकहरूको पहिचान गरेर उनिहरुलाई मास्क लगाउन अनुरोध गर्दछ । परीक्षणमा रोबोटले मास्क लगाए नलगाएको निरिक्षण गर्दा कुनैपनि घटनामा त्रुटी गरेको थिएन ।

कपडा शो रुममा ग्राहकहरुलाई सामानको बारेमा जानकारी दिन र ग्राहकले खोजेको कपडा रहेको स्थान देखाउन सक्षम रोबोटले पैसा तिर्न लाममा बसेका ब्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्न समेत सचेत गराउदछ ।

रोबोटको पाइलट परीक्षण हाल सोमबार, बुधवार र शुक्रबार दिउसो ३:३० बाट साँझ ६:३० सम्म गरिने भएको छ ।

निर्माणकर्ताले रोबोटको सफल परीक्षण पछी ब्यावसायिक उत्पादन थाल्ने लक्ष राखेको जनाएको छ । यस्तो रोबोटको प्रयोगबाट ब्यवसायिक प्रतिस्ठानको सुरक्षा, धेरै कर्मचारी राख्नुपर्ने झन्झट, कोरोना महामारिमा स्वास्थ्य जोखिम जस्ता बहुउपयोगी लाभ लिन सकिने निर्माणकर्ताले बताएका छन ।

...

-क्योदो न्युज

सम्बन्धित सामग्री: