टोकियो, जापान ।
जापानमा कोरोना महामारिले अध्ययनपछी रोजगार नपाउने अवस्था रहेको भन्दै सरकारले सहयोग गर्न आव्ह्वान सहित सरकारी प्रयास अघीबढाउने संकेत दिएको छ ।
जापान श्रम मन्त्रालय अन्तर्गतको एक समितिले रोजगारीमा देखिएको नयाँ ‘आइस एज’ सृजना टार्ने प्रयास गर्न आग्रह गरेको हो । कोरोना भाइरसको महमारीले भर्खरै विश्वविद्यालय तह उत्तिर्ण गरेर आएका विद्यार्थीहरुको रोजगारीमा प्रभाव पार्ने सम्बन्धी चिन्ता बढिरहेकोले उनीहरुलाई टेवा दिन सबै उपायहरु अपनाउन आवश्यक भएको समितिले एक प्रतिवेदनमा बताएको छ ।
यस वर्ष विश्व विद्यालय वा उच्च विद्यालयको पढाई पूरा गरेर जागिर नपाइकन बसिरहेका विद्यार्थीको संख्या १ लाख २० हजार आसपास छन् । महामारीका कारण सन् २०२१ मा यो संख्यामा तीव्र दरमा बढ्ने अपेक्षा गरिएको छ ।
रोजगारी सम्बन्धी जानकारी प्रदायक कम्पनी रिक्रुट करियर कम्पनीले गरेको एक सर्वेक्षण अनुसार सन् २०२१ को बसन्त ऋतुमा विश्वविद्यालयको पढाई पूरा गरेर रोजगारी खोज्ने विद्यार्थीहरु मध्ये अक्टोबर १ सम्ममा ८८ दशमलव ७ प्रतिशतले मात्रै अनौपचारिक जब अफर पाएका छन् ।
यो गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव १ प्रतिशत कम हो ।