(Japan) 31 st January | 2023 | Tuesday | 6:21:36 PM || (Nepal) 3:06:36 PM
 
 

जापानमा कोरोना मैत्री सुबिधा भेण्डिङ मेसिनमा फेस मास्क, जाडोमा न्यानो मास्क पनि

  POSTED ON : Thursday, 15 October, 2020 | Views : 2980

जापानमा कोरोना मैत्री सुबिधा भेण्डिङ मेसिनमा फेस मास्क, जाडोमा न्यानो मास्क पनि


टोकियो, जापान ।

विश्वभर कोरोना भाइरसको महामारि चलिरहदा फेस मास्क र ह्यान्ड स्यानिटाइजर जस्ता बस्तु दैनिक जनजीवनको अभिन्न हिस्सा बनिसकेको छ ।

जापानमा फेस मास्क र स्यानिटाइजिङ वाइप्स लगायत वस्तुहरु अब भेन्डिङ मेशिनहरुमा उपलब्ध हुन थालेका छन् ।

जापानी हल्का पेय कम्पनी डाईडूले देशभर अक्टोबर देखि आफ्नो भेन्डिङ मेशिनमा यी वस्तुहरु बेच्न थालेको छ । यी मेशिनहरुमा अंग्रेजी र जापानी भाषामा ‘स्वस्थ्य रहौं’ लेखिएकोले मेशिनहरु सहजै छुट्टयाउन सकिन्छ ।

फेस मास्क २ ओटाको प्याकमा बेचिनेछ । निःसंक्रमण वाइप्स भने हरेक प्याकमा १० ओटा शिट राखिनेछ । यी दुबैको खुद्रा मूल्य २०० येन पर्नेछ । घरबाट बाहिर जाँदा तपाईले मास्क लगाउन बिर्सनु भयो भने पनि तपाईले संक्रमणको जोखिम बिना यि भेन्डिङ मेशिनबाट मास्क किन्न सक्नु हुनेछ ।

अक्टोबरको अन्त्यसम्ममा देशभर यी नयाँ प्रडक्ट बेच्ने करीब ३ हजार भेन्डिङ मेशिन जडान गर्ने योजना कम्पनीले बनाएको छ । डाईडूले फेशियल रिकग्निशन प्रविधि प्रयोग सहितको भेन्डिङ मेशिनको परीक्षण गर्न थालेको छ ।

केही दिन अघि मात्रै कम्पनीले खुट्टाले चलाउन मिल्ने भेन्डिङ मेशिनको प्रयोग थालेको थियो ।

...    


जापानमा जाडोयामका लागि विशेष खालको न्यानो मास्क विक्रीमा

टोकियो । कोरोना भाइरसको महामारीका कारण जाडो याममा पनि मास्क लगाउनु पर्ने भएको छ । मास्क लगाउनुको एउटा फाइदा के छ भने यसले अनुहारमा जाडो हुन दिँदैन ।

विश्वको कयौं हिस्सामा रहेको मानिसहरुका लागि गएको वसन्त ऋतुमा सार्वजनिक स्थलहरुमा जाँदा पहिलो पटक नियमित मास्क लगाउनु परेको थियो ।

महामारी नगएपछि गर्मीयाम आउँदा पनि सार्वजनिक स्थलहरुमा जाँदा नियमित रुपमा मास्क लगाउनु पर्यो । अहिले मास्क हाम्रो दैनिक जीवनको झन्झटिलो तर अत्यावश्यक हिस्सा बनेको छ ।

जापानमा बसन्त ऋतुका हे फिभर आउने मौसममा मास्कको प्रयोग धेरै हुन्छ । यहाँका धेरैजसो मानिसहरु यो मौसममा मास्क लगाउन अभ्यस्त भइसकेका छन् । फलतः जापानी कम्पनीहरुले गर्मीयाममा लगाउन शितल हुने अनि सास फेर्न सहज हुने मास्कको विभिन्न डिजाइन ल्याए । तर विस्तारै ऋतु परिवर्तन हुन थालेसँगै जाडो बढ्न थालेको छ । अहिले भने बजारमा यसको ठिक उल्टो अर्थात् अतिरिक्त न्यानो मास्कहरु देखिन थालेका छन् ।

टोकियोको इकेबुकुरो स्टेशन बाहिर एउटा पप–अप पसलमा केही समय अघि तीन ओटा मास्कको ३३० मूल्य पर्ने जाडोका लागि न्यानो हुने मास्क बेचिएका थिए ।

जापानी ब्रान्ड मास्क क्लबले बनाएको यो मास्कले चिसो हावा र किटाणुहरु छेक्ने दाबी कम्पनीले गरेको छ । नरम र तन्काउन मिल्ने यी मास्कको कानमा अड्काउने फिता पनि अनुहारलाई न्यानो पार्ने र सजिलो खालको हुन्छ ।

मास्कमा ९७ दशमलव ८ प्रतिशत पोलिष्टर र २ दशमलव २ प्रतिशत स्पान्डेक्सको समिश्रण छ ।

मास्क लगाउँदा सहज र सास फेर्न पनि सजिलो छ । नियमित खालका वा गर्मीका बेलामा प्रयोग हुने मास्कको तुलनामा यी मास्क अलि न्यानै हुन्छन् । जस्तो भएपनि मास्क लगाउनै पर्ने भएकोले यी मास्क राम्रो विकल्प हुन् ।