टोकियो, जापान ।
जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनीहरुले सामाजिक दूरीका लागि प्रोत्साहित गर्ने प्रक्षेपण प्रणालीको विकास गरिरहेका छन् ।
हिताचीले बनाएको यस उपकरणले २ मिटर आसपास कोही व्यक्ति भएको सेन्सरले पहिचान गर्ने र माछा तैरिरहेको भिडियो प्रोजेक्ट गर्नेछ । व्यक्ति अरुको धेरै नै नजिकमा गए भने माछा भाग्ने छ ।
मिचुबिसी इलेक्ट्रिकले अप्रिलमा नै मानिसहरुलाई भिडभाड धेरै भएको ठाउँबारे सम्झाउन एनिमेशन प्रोजेक्ट गर्ने उपकरण बेच्न थालेको थियो ।
यस उपकरणले मानिसहरुलाई सानो समूह भएको एलिभेटरमा चढ्न सल्लाह पनि दिन्थ्यो ।
पानासोनिकले भने कार्यक्रम स्थलमा धेरै भिडभाड हुन थालेपछि मानिसहरुलाई चेतावनी दिन प्रकाशको रंग परिवर्तन हुने प्रणाली बनाएको थियो ।
यी उपकरणहरु जापानी भाषा पढ्न नसक्ने बालबालिका र विदेशीहरुलाई मद्दत गर्नका लागि तयार पारिएको हो ।
यी उपकरणहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उपायहरु अपनाउन उनीहरुले आग्रह गर्दछ ।
महामारी बीच मानिसहरुले दैनिक जीवनलाई सामान्य बनाउन नयाँ उपायहरु अपनाइरहेकै बेलामा कम्पनीहरुबीच यस्ता प्रणालीको विकास गर्ने होडबाजी बढेको छ ।