(Japan) 31 st January | 2023 | Tuesday | 6:58:10 PM || (Nepal) 3:43:10 PM
 
 

जनसंख्या घटेपछि प्रबिधिको भर ! टोकियोमा अब चिठिपत्र रोबोटले घरघरमा पुर्‍याउने

  POSTED ON : Thursday, 08 October, 2020 | Views : 3304

जनसंख्या घटेपछि प्रबिधिको भर ! टोकियोमा अब चिठिपत्र रोबोटले घरघरमा पुर्‍याउने


टोकियो, जापान ।

यसैपनी घट्दो जनसंख्या त्यसमाथि कोरोना महामारिको मार, घरघरमा पुर्‍याउनुपर्ने चिठिको चाङ्लाई समयमै बितरण गर्न परेको चापलाई कम गर्न जापानमा मानिसले गर्ने काम अब रोबोटलाई सुम्पन सुरुवात थालिएको छ ।

कोरोना महामारिको जापान पोष्ट कम्पनीले मेल डेलिभरी गर्ने स्वचालित रोबोट पत्रकारहरु समक्ष सार्वजनिक गरेको छ । जापानका सार्वजनिक सडकमा स्वचालित रोबोट सञ्चालन गरिएको यो पहिलो पटक हो ।

कोरोना भाइरसको महामारीबीच मानवीय सम्पर्क न्यूनीकरण गर्नुपर्ने माग बढेकै बेलामा कम्पनीले बुधवार डेलिरो नामक सो रोबोट सार्वजनिक गरेको हो ।

ह्विलचेयरको आकारको सो रोबोटमा बिल्ट इन क्यामरा र सेन्सर रहेको छ । रोबोट टोकियोको चियोदा वडाको फूटपाथमा चलाइएको थियो । यस क्रममा रोबोट यूटिलिटी पोल्स र जेब्राक्रस लगायत अवरोधहरु पार गर्दै गुडेको थियो ।

रोबोट परीक्षणको बीचमा रहेको छ । सेप्टेम्बर १८ मा शुरु भएको परीक्षण अक्टोबरको अन्त्यसम्म चल्नेछ । यस क्रममा एक अस्पतालमा रहेको कन्भिनियन्स स्टोरबाट स्थानीय हुलाक कार्यालयसम्म ७ सय मिटरको दूरी करीब २५ मिनेटमा पार गरेको हेरिएको थियो ।

रोबोटको विकास जेडएमपी इंकले गरेको हो । रोबोटले ३० किलोग्राम सम्म तौल भएको प्याकेज बोक्न सक्नेछन । यसको गति प्रतिघन्टा ६ किलोमिटर रहेको जापान पोष्ट बैंकले बताएको छ ।

कम्पनीले आर्थिक वर्ष २०२१ देखि यो स्वचालित रोबोटलाई व्यवहारिक प्रयोगमा ल्याउने लक्ष्य लिएको छ । परीक्षणको नतिजा अनुसार जापान सरकारले स्वचालित डेलिभरी रोबोटको नियमन खुकुलो बनाउने विषयमा छलफल गर्नेछ । अहिले भने मानवको निगरानी बिना सार्वजनिक सडकमा स्वचालित रोबोटहरुलाई चलाउने अनुमति छैन ।

जापान पोष्टले रोबोटलाई प्रहरी कहाँ सवारी साधनको रुपमा दर्ता गरेपछि परीक्षण सञ्चालन गरिएको हो । जापानले स्वचालित डेलिभरी सेवा माथि जोड दिइरहेको छ । यसले जनसंख्या बनावटमा आएको परिवर्तनसँगै चर्को श्रमिक अभावको समस्या कम गर्ने अपेक्षा गरिएको छ । अमेरिकामा भने औषधि र ग्रसरीको होम डेलिभरीका लागि स्वचालित रोबोटको प्रयोग भइरहेको छ ।