टोकियो, जापान ।
नयाँ रोगको रुपमा कोरोना भाइरस संक्रमणको महामारीसँगै जापानमा यससँग सम्वन्धित अपराधको घटनामा पनि बृद्धि भएको छ ।
प्रत्यक्ष अपराधका घटनासँगै कोरोना भाइरसको महामारीसँग सम्बन्धित साइबर अुपराधको संख्या पनि उत्कर्षमा पुगेको देखिएको छ । हालसम्म मात्रै यस्ता अपराध ६ सय नाघेको छ ।
यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ६ सय ८ साइबर अपराधका घटना प्रहरी समक्ष पुगेको नेशनल प्रहरी एजेन्सी ९एनपीए०ले बिहिवार बताएको हो ।
फेव्रुअरीको अन्त्ययता ४४ प्रिफेक्चरमा महामारीसँग सम्बन्धित परामर्श लगायत घटना भएका छन् । कूल मध्ये २८६ अर्थात् ४७ प्रतिशतमा पीडितहरुले अनलाइनबाट फेसमास्क अर्डर गरेको तर प्राप्त नगरेको घटना छन् ।
अरुमा भने मोबाइल फोन कम्पनी भनेर दाबी गर्ने पक्षहरुबाट शंकास्पद इमेल प्राप्त भएको थियो । यी इमेलहरुमा सरकारले वितरण गरिरहेको नगद राहतका लागि आवेदन दिन वेबसाइट लिंकमा क्लिक गर्न भनिएको थियो । यस्तो खालको कूल ११५ घटना भएका थिए ।
५५ ओटामा भने फेस मास्क किन्दा उपलब्ध गराइएको क्रेडिट कार्ड सम्बन्धी जानकारी चोुरी भएको थियो । ५७ ओटा घटनामा भने संक्रमित मानिसहरु गएको भन्ने झुठा जानकारी अनलाइन पोष्ट गरेको कारण व्यवसायमा अवरोध पुगेको थियो ।
यस अवधिमा कम्पनीहरु माथि कयौं पटक साइबर हमला भएका छन् । आुक्रमणकारीहरुले जनस्वास्थ्य केन्द्र हो भनेर जानकारी चोर्न खोजेका थिए । केही घटनामा भने इमेल पठाएर सो इमेलमा एटेच गरिएका फाइलहरु खोल्न भनिएको थियो ।
जनवरी देखि जुनको अवधिमा धोकाधडीपूर्ण तवरले कूल ८८५ पटक इन्टरनेट बैंकिङ सेवा दुरुपयोग गरेर करीब ५१ करोड २० लाख येन झिकिएको छ । यसमा एनटीटी डोकोमो इंकले सञ्चालन गर्दै आएको डोकोमो कोउजा ई-मनी सेवाबाट अनधिकृत रुपमा झिकिएको बैंक निक्षेपलाई समावेश गरिएको छैन ।
अधिकांश केसमा वित्तीय संस्था वा पार्सल डेलिभरी कम्पनी बनेर पीडितहरुलाई म्यासेज गरेर उनीहरुलाई फिशिङ साइटमा पुर्याइएको अनि उनीहरुको व्यक्तिगत जानकारी चोरिएको पाइएको छ ।