(Japan) 31 st January | 2023 | Tuesday | 7:31:00 PM || (Nepal) 4:16:00 PM
 
 

जापानमा शंकास्पद फोन आउने क्रम बढ्यो, फोन उठाउँदा एकैजनाले ४१ लाख गुमाए

  POSTED ON : Thursday, 01 October, 2020 | Views : 4854

जापानमा शंकास्पद फोन आउने क्रम बढ्यो, फोन उठाउँदा एकैजनाले ४१ लाख गुमाए


टोकियो, जापान ।

आफुले कहिल्यै नदेखेको वा नसुनेको नाम वा नम्वरबाट शंकास्पद रुपमा फोन आएमा नउठाउन र फोन नर्फकाउन जापानी अधिकारीहरुले सचेत गराएका छन् ।

जापानमा अस्तित्वमै नरहेका अन्तरराष्ट्रिय फोन नम्बरबाट फोन आउने क्रम बढ्दा एकै व्यक्तिले दशौं लाख रुपैयाँसम्म तिर्नुपरेको छ । सेप्टेम्बरमा यस्तो क्रम बढेकोले बिलिङ फ्रड भएको हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

यी कलहरु जापानमा बसोबास गरिरहेका चिनियाँहरुलाई लक्षित गरेर बोट प्रोग्रामबाट भएको देखिएको छ । तर कयौं जापानीहरुलाई समेत त्यस्तो खालको फोन आएको टोबिला सिष्टम्समा सुरक्षा प्रविधि विज्ञले बताएका छन् । शंकास्पद नम्बरबाट आएको फोन नउठाउन र कल ब्याक नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

+ ८३, ं४२२ जस्ता अस्तित्वमै नरहेका कन्ट्री कोड भएका नम्बरबाट अगष्टमा फोन आएको देखिएको छ । सेप्टेम्बरमा भने एकै दिनमा ५ हजार भन्दा बढी फोन आएको पाइएको छ ।

आकितामा बसोबास गर्दै आएकी एक ४० वर्षिय चिनियाँ महिला ं८५५ बाट आएको फोन उठाएपछि ४१ लाख १० हजार येन ९३९ हजार डलर० तिर्न बाध्य भएको अनुसन्धानको क्रममा खुलेको छ ।

फोनमा एक महिला र पुरुषले चिनियाँ दूताबासबाट फोन गरेको भन्दै पीडितलाई अनधिकृत रुपमा चीनको वुहानमा मास्क पठाएको आरोप लगाएका थिए । अधिकांश फोन स्वचालित भएको र हुँदै नभएका कन्ट्री कोड प्रयोग भएको टोबिलाले बताएको छ ।