नागोया, जापान ।
भाषा अध्ययन सकिन नपाउदै रोजगारको लागि ठाउँ खोज्न दौडधुप गर्नुपर्ने बिदेशी बिद्यार्थीको लागि थोरै भनेपनी राहत मिलेको छ । तर यस्तो राहत मात्र एउटा प्रिफेक्चरले प्रदान गरेको हो ।
मध्य जापानको प्रिफेक्चर आइचीमा जापानी भाषा विद्यालयका विद्यार्थीहरुले ग्राजुएशनपछि जागारि खोज्ज्नका लागि एक वर्ष समय पाउने भएका हुन ।
यस प्रिफेक्चरलाई हालै मात्रै विशेष रणनीतिक क्षेत्र निर्दिष्ट गरिएको थियो । पछिल्लो कदमसँग यहाँका स्थानीय कम्पनीहरुले पनि आशालाग्दा विदेशी विद्यार्थीमा पहुंच पाउने अपेक्षा गरिएको छ । यस प्रिफेक्चरमा टोयोटा मोटर कर्पोरेशन लगायत कयौं म्यानुफाक्चर कम्पनिहरु रहेका छन् । यहाँ विदेशी विद्यार्थीहरुले बसेर सक्रिय भूमिका निर्वाह गरुन भन्ने आफूहरुले चाहेको आईची प्रिफेक्चरका एक अधिकारीले बताएका छन ।
जापानी भाषा विद्यालयमा भर्ना भएर जागिर गर्न चाहने विद्यार्थीलाई पढ्दा पढ्दै जागिरको अफर आएको हुनुपर्छ । अथवा जागिरको खोजीलाई निरन्तरता दिन घरेलु विश्वविद्यालय वा व्यवसायिक कलेजमा भर्ना हुनु पर्छ । यस्तो गर्न नसक्नेहरु स्वदेश फर्किन बाध्य हुन्छन् । यस्तो प्रणालीका कारण विद्यार्थीहरुलाई समस्या भएपछि यसको निकै आलोचना समेत भएको छ । पछिल्लो योजनाले भने विदेशको विश्वविद्यालयमा ग्राजुएशन गरेर आएका र निर्धारित क्षेत्रमा बस्ने योजना बनाइरहेकालाई लक्षित गरेको छ ।
समाचार अनुसार जापानी भाषा विद्यालयहरुले जागिरको खोजीका लागि विद्यार्थीहरुसँग नियमित रुपमा मिटिङ गर्नु पर्नेछ र उनीहरुलाई सम्भावित रोजगारदातासामु परिचित गराइदिनु पर्नेछ ।
सन् २०१९ को मे सम्ममा आइचीमा ३ हजार २७३ विदेशी विद्यार्थी जापानी भाषा विद्यालयमा भर्ती भएका थिए । सेप्टेम्बर १४ मा यस प्रिफेक्चरलाई विशेष क्षेत्र निर्दिष्ट गरिएको थियो । यसले अक्टोबरदेखि आवेदन लिन थाल्नेछ ।
...
-माइनीचि अनलाइन