(Japan) 10 th December | 2023 | Sunday | 8:08:04 PM || (Nepal) 4:53:04 PM
 
 


थोरै आशा ! बिदेशी विद्यार्थीलाई सहयोगको अनुरोध गर्दै जापान सरकार

  POSTED ON : Wednesday, 30 September, 2020 | Views : 4218

थोरै आशा ! बिदेशी विद्यार्थीलाई सहयोगको अनुरोध गर्दै जापान सरकार


टोकियो, जापान ।

कोरोना भाइरस संक्रमणका कारण जापानमा अध्ययनरत बिदेशी विद्यार्थीलाई परेको मारलाई कमगर्न जापान सरकारले केही सघाउने भएको छ ।

यसको लागि जापान सरकारले नै विदेशी विद्यार्थीलाई मद्दत गर्न विश्वविद्यालयहरुलाई आग्रह गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण छुटेका पाठहरुको भपाईका लागि उनीहरुलाई अतिरिक्त कक्षामा सहभागी गराउन विश्वविद्यालय समक्ष आग्रह गरिने शिक्षा मन्त्री हागिउदे कोइचीले बताएका हुन् ।

जापान सरकारले अक्टोबरदेखि सबै देश र क्षेत्रबाट आउने विदेशी विद्यार्थी र व्यवसायी समेत लामो समय बस्न आउनेहरुलाई प्रवेशको अनुमति दिँदैछ ।

महामारीका कारण जापान आउन नपाएपछि केही विद्यार्थीहरुको पढाई छुटेको छ । यस्ता विद्यार्थीका लागि पूरक पाठ र अन्य सहयोगको व्यवस्था गरिदिन आफूले विश्वविद्यालयलाई अनुरोध गर्ने मंगलबार हागिउदेले बताएका छन् ।

यस्तो उपायहरु अपनाउँदा विश्वविद्यालयहरुमा भार पर्ने कुरा आफूले बुझेको र अनलाइन कक्षा जस्ता प्रयासमा हुने खर्चको भर्पाई गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री: