ओसाका, जापान ।
बिदेशी बिद्यार्थीका लागि सामान्य अवस्थामै कठिन देखिएको जापानको रोजगारी अवसर कोरोना महामारिपछी थप चुनौतिपूर्ण हुने देखिएको छ ।
निश्चित समयको अध्ययनपछी जापानमा जागिर खाने आशा बोकेका विदेशी विद्यार्थीहरुले अहिले धूमिल जागिर परिदृश्यको सामना गरिरहेका छन् । कोरोना भाइरस महामारीका कारण उत्पन्न आर्थिक मन्दीले उद्योग तथा व्यवसायहरुले कर्मचारी भर्ती कटौती गरिरहदा अहिले मात्र होइन आगामी दिन समेत बिद्यार्थीको संघर्समय हुने देखिन्छ ।
यस्तो अवस्थामा जापानी संस्कृति र भाषामा अभ्यस्त भइसकेका आशा लाग्दा विदेशी कामदारहरु अर्को देश पलायन हुने चिन्ता बढेको छ । यस्तो भएमा बढ्दो वृद्ध जनसंख्यासँग जुधिरहेको जापानमा निकट भबिस्यमा कामदार अभाव थप चुलिनेछ ।
जुलाईमा करियरसम्बन्धी सूचना प्रदायक कम्पनी डिस्को इंकले गरेको जनमत सर्वेक्षणमा संलग्न ३४३ विदेशी विद्यार्थीमध्ये ६८ दशमलव ५ प्रतिशतले जब अफर बिना नै आगामी मार्चमा डिग्री लिने क्रममा छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १ प्रतिशत धेरै हो ।
एक रिपोर्टअनुसार जुलाईसम्ममा जब अफर बिना डिग्री सकाउन थालेका जापानी विद्यार्थीको संख्या २२ दशमलव ३ प्रतिशत रहेको छ । प्रायः सबै उद्योगमा रोजगारीका अवसर घटेको प्रष्ट देखिएको छ ।
पयर्टन र खुद्रा क्षेत्रमा यो झनै धेरै भएको विदेशी बिधार्थीहरुलाई काममा राख्न कम्पनीहरुलाई सुझाव दिने समूह इन्टरनेशनल स्टुडेन्ट्स सर्पोर्ट नेटवर्कले भनेको छ ।
‘दुःखको कुरा महामारीको मारमा परेका कम्पनीहरु विदेशी विद्यार्थीहरु माझ सबै भन्दा लोकप्रिय छ,’ इन्टरनेशनल स्टुडेन्ट्स सर्पोर्ट नेटवर्कका महासचिव मानाबु कुबोतोले भने ।
महामारी अघि भने जापानमा विदेशी आगन्तुकको संख्यामा भएको वृद्धिका कारण कम्पनीहरुले पनि विदेशी विद्यार्थी धमाधम भर्ती गर्न थालेका थिए । तर महामारीका कारण अगष्ट सम्मको पाँच महीनामा आगन्तुकको संख्या ९९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
...
-माइनीचि अनलाइन