(Japan) 31 st January | 2023 | Tuesday | 7:36:43 PM || (Nepal) 4:21:43 PM
 
 

जापानबाट चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत इकोटुरिजमको भूमिकाबारे सरोज कंडेलको बिद्यावारीधी

  POSTED ON : Monday, 28 September, 2020 | Views : 2314

जापानबाट चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत इकोटुरिजमको भूमिकाबारे सरोज कंडेलको बिद्यावारीधी


कविकिरण न्यौपाने-नागोया, जापान ।

धेरै मानिसको आफ्नो रुचिको विषयमा बिद्यावारीधी गर्ने इच्छा भएपनि सबैलाई सबैकुराले साथ दिएको हुँदैन । जसका लागि कडा मेहेनत र लगनशिलता संगै परिस्थिती अनुकुल बनिदिनु पर्दछ । हालै मात्र चितवन राप्ती नगरपालिका वडा नं. ७ स्थायी बसोवास हुनुभएका सरोज कँडेलले आफ्नै गाउँठाउको विषयमा जापानबाट बिद्यावारीधी (पिएचडी) गर्नुभएको छ । 

कंडेलको स्थाई घर विश्वकै उत्कृष्ट गन्तव्य मध्ये एक चितवन राष्ट्रिय निकुञ्ज संगै रहेको छ। उहाले आफ्नै बसोबास क्षेत्रको बिषयलाई बिद्यावारीधीको बिषय रोज्नुभएको हो । कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने ‘संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह अस्तित्वका लागि इकोटुरिजमको भूमिका’सम्बन्धी बिषयमा पिएचडी गर्नुभएको हो । 

सन् २००४ जुलाईमा जापानिज भाषा बिद्यार्थीको रुपमा जापान आउनु भएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट बिद्यावारिधि (पिएचडी) गर्नु भएको हो । मिलनसार अनि मेहेनती कँडेल जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताउनुहुन्छ ।

अध्ययन संगै सामाजिक कार्यमा समेत कृयाशिल कँडेल जापानमा विद्यार्थीहरुको संस्था नेसाजका पूर्व अध्यक्ष, एनआरएनए जापानका पूर्व सचिव, चितवन समाज जापानका पूर्व अध्यक्ष लगायत बिभिन्न संघसस्थामा काम गरिसक्नुभएको छ । जापानिज भाषामा राम्रो दख्खल राख्न सफल कँडेल विभिन्न समयमा नेपाल अनि नेपाली चिनाउनका लागि दोभाषेको रुपमा पनि काम गर्ने गरेको बताउनुहुन्छ ।

जापानबाट सिकेको ज्ञान नेपालमानै गएर सदुपयोग गर्नुपर्ने धारण राख्नुहुने कँडेल निकट भविश्यमानै नेपाल फर्केने योजना रहेको बताउनुहुन्छ । धेरै नेपालीहरु विदेशमै पलायन भईरहेको अवस्थामा विदेशमा आर्जन गरेको ज्ञान, सिप अनि धन नेपालकै लागि लगाउन उहाले प्रवासी नेपालीहरुमा आग्रह गर्नुभयो ।