(Japan) 20 th May | 2022 | Friday | 3:37:18 AM || (Nepal) 12:22:18 AM
 
 

जापानमा विद्यार्थी बसाई-विद्यालय, अध्ययन देखी रोजगारीका विषयमा आईतबार प्रत्यक्ष छलफल

  POSTED ON : Saturday, 18 July, 2020 | Views : 3890

जापानमा विद्यार्थी बसाई-विद्यालय, अध्ययन देखी रोजगारीका विषयमा आईतबार प्रत्यक्ष छलफल


टोकियो, जापान ।

जापान आउँदै गरेका र जापानमा भर्खरै आएका विद्यार्थीहरुलाई लक्षित गरेर बसाई, अध्ययन देखी रोजगारीका जिज्ञासा बारेमा अनुभवी र अग्रजहरुसँग प्रत्यक्ष छलफल हुने भएको छ ।

जापानका नेपालीहरुमाझ चिरपरिचित जिज्ञानकुमार थापा, सञ्जिव श्रेष्ठ र एलिसा दाससँग फेसबुक लाईभमा एकसाथ आफ्ना जिज्ञासाहरु राख्न सकिनेछ ।

जापानी समय अनुसार आईतबार साँझ ५ बजेबाट सुरु हुने लाईभ प्रशारणमा राहुल शाह सहित राजिव पुरी पनी रहनुहुनेछ ।

जापानमा विद्यार्थी जीवनबाटै विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका उदाहरणीय व्यत्तित्वहरुलाई समावेश गरेर गर्न लागिएको छलफलबाट जापानमा अध्ययन गरिररहेका र अध्ययनका लागि आउनेहरुमा उत्साह र सहि मार्ग पहिल्याउन सहयोग पुग्ने विश्वास आयोजक संस्था जनसहयोग जापानमा राजिव पुरुले जानकारी दिनुभयो ।

जुम मार्फत गरिने लाईभ छलफलमा सहभागीहरुले जनसहयोग जापान सहित जापानसमाचारडटकमको फेसबुक पेजमा कमेण्ट गरेर आफ्ना जिज्ञासा राख्नसक्नुहुनेछ ।

सहभागीहरुको जिज्ञासालाई छलफलमा सहभागी व्यक्तित्वहरुले उत्तम विकल्प सहित समाधानको उपाय सुझाउने प्रयास गर्नुहुनेछ ।

यस लाईभ संवाद कार्यक्रमको आयोजकमा ओकिनावा नेपाल फ्रेण्डसिप एशोसिएसन र जनसहयोग जापान रहेको छ । मुख्यत लाईभ प्रशारण जनसहयोग जापानको पेजबाट हुनेछ ।

...

जानकारी

#専門学校、#大学, #就職 ,#नेपालका_साथीहरु_प्रश्न etc!

यो समय धेरैको भविष्य निर्धारण गर्ने समय हो ! राम्रो बाटो छान्न सके मनले चाहेको गन्तब्य पुग्ने र यदि बाटो बिराए भोलीको भविष्य के हुन्छ भन्न सकिन्न !

यही विषयलाई मध्यनजर गर्दै केही सहयोग पुगोस भन्ने भावनाको साथ जापानमा बिध्यार्थी जीवनबाट प्रवेश गरि विभिन्न क्षेत्रमा सफलता हासिल गर्दै आउनु भएका अग्रजहरुलाई प्रत्यक्ष#live जोड़ी तपाईहरुलाई सल्लाह सुझाव र हौसला दिने प्रयत्न गर्दैछौ ! 

तपाईहरुले बुझ्न चाहेको विषयलाई सजिलै उहाँहरुबाट हल हुनेछ ! 

#यही_आउदो_१९_तारिक_आइतबार_बेलुका_५बजे (जापान समय) 

हामीहरुको आदरणीय अग्रज दाजुहरु तथा प्यारो मित्र तपाईहरुको साथमा आउदै हुनुहुन्छ ! 

- Jigyan Kumar Thapaज्यु 

-Sanjiv Shresthaज्यु 

-Alisha Dasज्यु 

र साथमा Rahul Shah भाई र म आउने छौ ! Liveलाई व्यवस्थित मर्यादित र जानकारी मूलक बनाउन तपाईहरुको साथ ज़रूर छ ! 

छोटो परिचय : 

#जिज्ञान_कुमार_थापा 

सन् १९९९ मा जापान प्रबेश योकोहामा नेशनल युनिभर्सिटि बाट अन्तराषट्रिय मामिला बिषयमा स्नातकोत्तर हाल कानागावा प्रिफेक्चरको अन्तराष्ट्रिय नियोगमा नीति तर्जुमा, कार्वन्वयन र मुल्याङकन शाखामा युनिट चिफको रुपमा कार्यरत साथै कानागावा प्रिफेक्चरको गबर्नरको सल्लाहकार जाइका र युनिसेफ तथा बिभिन्न युनिभर्सिटिहरुमा पार्ट टाइम अन्तरक्रिया ,बिगतमा करिब १० बर्ष टिभीमा हरेक हप्ता जापानी भाषामा समाचार बिश्लेशकको काम गरेको अनुभव र रेडियो तथा सिबुयाको मा नेपाल संग सम्बन्धित समाचार प्रस्तोता नेपाल जापान सरकारको औपचारिक कार्यक्रममा दोभाषे लगाएतको अनुभव बटुल्दै आउनु भएको छ ! 

नेपाल बिधार्थी समाजको अध्यक्ष २००५

एन आर एन जापानको महासचिब २०११ 

#संजीब_श्रेष्ठ 

बिगत १४ वर्ष देखी जापानमा बस्दै आउनु भएको र ओकिनावा स्थित जापानीज स्कूलमा अंग्रेजी अध्यापन , Okinawa Nepal friendship association को chairperson पनि हुनुहुन्छ बिभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहयोग गर्दै आउनु भएको छ ! 

धेरै जापानीज सहयोगी संस्थामा आबद्ध रही नेपाल जापान सम्बंधमा राम्रो भूमिका निर्वाह गर्दै आउनु भएको , भने जापान बसाईको लामो अनुभवका साथमा 

#अलीसा_दास 

यस ग्रूपमा महिला दीदी बहिनीहरु धेरै हुनुहुन्छ जापानमा धेरै समस्या हरु पनि छन तेसलाई आफ्नो कड़ा परिश्रमका साथ छिछल्दै आउनु भएका दीदी वहिनीको लागि हौसला दिने र उहाँको अनुभबलाई जोड़न चाहेका हौ ! ता की धेरै दीदी बहिनीलाई हौंसला मिल्ने छ ! 

उहाँ अहिले 第一工業大学、東京上野キャンパス (IT)

मा ३ नेनसे( तेस्रो वर्ष अध्ययन ) गर्दै हुनुहुन्छ भने सिनबुन हाईताचु जस्तो कड़ा काम गरिरहनु भएको छ , पक्कै पनि महिलाहरुको लागि उदाहरण बन्ने नै छ ! 

NEPAKEN speech contest 2018 , gold medal holder

हामीले जानेको बुझेको सधै बुझाउदै आएका छौ भने हाम्रो अनुभव पनि बाढ़ने प्रयास गर्नेछौ ! तपाईहरुले जान्न चाहेका बुझ्न चाहेका कुरा यस कमेण्ट अर्थात् प्रत्यक्ष liveमा सोध्नुहोला ! अवश्य पनि तपाईको जबाफ दिलाउने प्रयत्न गर्ने छौ !

आयोजक : Okinawa Nepal Friendship Association 

तथा : जनसहयोग जापान(Public Support In Japan