(Japan) 20 th May | 2022 | Friday | 4:36:13 AM || (Nepal) 1:21:13 AM
 
 

जापानमा फेरी अर्को विचित्र ! टोकियोको आकाशमा ताराहरु विस्फोट भएपछि

Sajina Moktan   POSTED ON : Thursday, 02 July, 2020 | Views : 9252

जापानमा फेरी अर्को विचित्र ! टोकियोको आकाशमा ताराहरु विस्फोट भएपछि


टोकियो, जापान ।

हप्तादिन अघिमात्र जापानको आकाशमा अहिलेसम्म खुल्न नसकेको 'युएफओ' ठानिएको सेतो बेलुन आकारको विचित्र दृश्य देखिएकोमा गएराती फेरी अर्को विरलै हुने घटना भएको छ ।

जापानी समाचार संस्था क्योदोका अनुसार राजधानी टोकियो र आसपासका केही स्थानको आकासमा ताराहरुको विस्फोट भएको छ ।

बिहिबार बिहान २ बजेर ३० मिनेटको समयमा आकाशमा ताराहरुको विस्फोट भएको केही व्यक्तिहरुले भिडियो कैद गरेको यहाँको सार्वजनिक समाचार संस्था एनएचके टेलिभिजनले पनि समाचार प्रशारण गरेको छ ।

भिडियो सहित प्रशारित समाचारमा आकाशमा उडेर आएका केही उज्यालो वस्तु विस्फोट भएको देखिन्छ ।

विस्फोट भएको स्थान वरपरका मानिसहरुले घरनै थर्काउनेगरि त्यस्तो वस्तु विस्फोट भएको तर जमिनमा केहीपनि विस्फोट भएका वस्तुहरु नपाईएको बताएका छन् ।

खानागावा प्रिफेक्चरको हिराचुका शहरका दाईची फुजीले भिडियो नै कैद गरेर सामाजिक सञ्जाल ट्विटरमा राखेका छन् ।

कयौं व्यक्तिले आकाशमा उज्यालो वस्तु देखिएको र जमिन तर्फ खस्ने क्रममा उक्त वस्तु विस्फोट भएको देखेको बताएका छन् ।

एक व्यक्तिले उत्तर तर्फबाट पूर्व तर्फ उडेर गएको झलझलाकार वस्तु विस्फोट भएको देखेको र आफुले कैद गरेको भन्दै सामाजिक सञ्जालमा राखेका छन् ।

जापानको राष्ट्रिय खगोलशास्त्रीय अनुगमन केन्द्रले हरेक महिना कयौं ताराहरु पृथ्वि तर्फ खस्ने गरेको तर मानिसले नै देख्नेगरि जमिनको सतह नजिक आईपुगेको र विस्फोट भएको यस्तो घटना बिरलै पाईएको बताएको छ ।