(Japan) 5 th June | 2023 | Monday | 2:02:46 AM || (Nepal) 10:47:46 PM
 
 

प्रबिधिमा पहिलो ! जापानको नयाँ सुपर कम्प्युटर विश्वकै तिब्रगतिको प्रमाणित

  POSTED ON : Wednesday, 24 June, 2020 | Views : 3364

प्रबिधिमा पहिलो ! जापानको नयाँ सुपर कम्प्युटर विश्वकै तिब्रगतिको प्रमाणित


टोकियो, जापान ।

विश्वकै छिटो काम गर्ने तिब्रगतिको कम्प्युटरको रुपमा जापानको सुपर कम्प्युटर प्रमाणित भएको छ ।

जापानको रिकेन रिसर्च इन्ष्टिच्यूटले बनाएको सुपर कम्प्युटरको कप्युटिङ क्षमता विश्वमै सबैभन्दा तीव्र गतिको रहको सोमबार जारी एक अनुसन्धानले पुष्टि गरेको छ ।

अमेरिकी यूरोपेली टप ५०० प्रोजेक्टले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नौं वर्षपछी पहिलो पटक जापानी सुपर कम्प्युटर सुपर फास्ट को पहिलो नम्बरमा पुग्न सफल भएको हो ।

यसअघी पहिलो स्थानमा अमेरिकी सुपर कम्प्युटर रहेको थियो ।

जापान सरकारले समेत सहयोग गरेको फुगाकु नामक सुपर कम्प्युटर औद्योगिक, कृत्रिम बौद्धिक एप्लिकेशन र ठूला स्तरका तथ्यांकको विश्लेषण गरेर चारवटै शिर्षकमा पनि पहिलो बन्न सफल भएको छ ।

यस अघी सुपर कम्प्युटर बनेपनि चार वटा शिर्षक अमेरिकी कम्पनिले बाजी मार्न सकेको थिएन ।

जापानी कम्पनिले पहिलो पटक यसरी चार वटै शिर्षकमा पहिलो बन्दै सुपर कम्प्युटरमा रेकर्ड राखेको क्योदो समाचार सस्थाले खबर प्रकाशित गरेको छ ।

रिकेन रिसर्च इन्ष्टिच्यूटले फुगाकुको विकास फुजित्चु लिमिटेडसँग मिलेर यो सुपर कम्प्युटर बनाएको बताएको छ ।