टोकियो, जापान ।
कोरोना भाइरस संक्रमित ब्यक्ती आफु नजिक भएमा जानकारी गराउने मोबाइल एप्लिकेशन जापानमा ३ दिनमै २७ लाख बढी ब्यक्तिले प्रयोग गरेका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयले गत शुक्रबार सार्वजनिक गरेको यो एप सोमबारसम्ममा २७ लाख बढी पटक डाउनलोड भइसकेको छ ।
जापानका स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री कात्सुनोबु कातोले सोमबार संसदीय कमिटीलाई यसबारेमा जानकारी गराउदै जति धेरै मानिसले प्रयोग गर्छन् त्यति नै प्रभावकारी हुने बताएका छन्
मन्त्री कातोले एप प्रयोगबाट गोपनीयता भंग नहुने प्रयोगकर्ताहरूको व्यक्तिगत पहिचान गोप्य रहने बताएका छन् ।