काठमाडौं, नेपाल ।
सरकारले कक्षा १२ को परीक्षा गर्ने निर्णय गर्दै माध्यमिक शिक्षा परीक्षा 'एसइई' को परीक्षा भने रद्दको घोषणा गरेको छ ।
कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा ९एसइई० अब नहुने भएको छ ।
विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने निर्णय बुधवारको मन्त्रिपरिषद बैठकले गरेको छ ।
कोरोनाको संक्रमण बढ्दै गएको र विद्यालय पनि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएकाले गत वर्षको एसइईमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिईने भएको छ ।
यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलको प्रस्ताव अनुसार एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको मन्त्री पोखरेलले बताएका छन् ।
गत ६ चैतमा हुने तय भएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको प्रहरी चौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा एक हजार नौ सय ९५ केन्द्र र चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।
...
सरकारले एसइई परिक्षण नगर्ने निर्णय गरेपनि कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि गर्ने सरकारी तयारी छ ।
विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने बताएका छन् ।
बुधबार एसइईको मात्र प्रस्ताव लगेकाले कक्षा ११ र १२ को विषयमा कुनै निर्णय नभएको हो ।
कक्षा ११ र १२ मा गरी करिब नौ लाख विद्यार्थीले परीक्षाको लागि आवेदन फारा म भरेका छन् ।