(Japan) 20 th May | 2022 | Friday | 3:34:21 AM || (Nepal) 12:19:21 AM
 
 

जापानी कम्पनिद्वारा भाइरस प्रतिरोधक कपडा निर्माण, यस्ता छन् बिशेषता

  POSTED ON : Saturday, 06 June, 2020 | Views : 7014

जापानी कम्पनिद्वारा भाइरस प्रतिरोधक कपडा निर्माण, यस्ता छन् बिशेषता


ओसाका, जापान ।

जापानी निर्माताहरुले रोगका किटाणु प्रतिरोधक कपडाको बिकास गरेका छन् ।

मुराता म्यानुफ्याक्चरिङ् 'ईलेक्ट्रोनिक कम्पनी' र तेइजिन् फ्रन्टियर ९कपडा निर्माता कम्पनी० ले संयुक्त प्रयासमा यस्तो कपडाको बिकास गरेका हुन् ।

दुई जापानी कम्पनीले आफुहरुले बिकसित गरेको कपडाले बिद्युत  उर्जाको प्रयोग गर्ने बताएका छन ।

यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुबै कम्पनिका प्रमुखले यो कपडा लगाएर ब्यक्तीले हिडडुल गर्दा कपडाको रेशा एकआपसमा रगडिदा कपडामा बिद्युत पैदा हुने जानकारी गराएका छन् ।

रशायन, बिद्युत आबेश र बिकिरणको उपयोग गरेर किटाणु नस्ट गर्ने यस्तो कपडा पर्याबरण मैत्री समेत रहेको कम्पनिको दाबी छ ।

कम्पनिका अनुसार बिहान यात्रामा लगाइने तथा अनुहारमा लगाईने मास्क लगायत अन्य उपयोगी वस्तुहरु निर्माणको चरणमा रहेको छ । सन् २०२१ मार्च सम्ममा यि वस्तुहरुको सार्वजनिक विक्रि थालिने कम्पनीले जनाएको छ ।

मुराता कम्पनीका प्रमुख मुराता चुनेओले भने कपडा भाइरस प्रतिरोधी रहेको छ । तर यसले नयाँ कोरोना भाइरसको प्रतिरोध गर्छ वा गर्दैन भन्ने परिक्षण अझै बाँकी रहेको छ ।

विद्युत् उर्जा उपयोग गर्ने यो कपडाको भविष्यमा व्यापक सम्भावना रहेको समेत मुराताले बताएका छन् ।