(Japan) 20 th May | 2022 | Friday | 4:14:57 AM || (Nepal) 12:59:57 AM
 
 

जापानमा पार्ट टाइम कामगर्ने बिद्यार्थीलाई ८० प्रतिशत तबल दिने तयारी

Sajina Moktan   POSTED ON : Thursday, 04 June, 2020 | Views : 12006

जापानमा पार्ट टाइम कामगर्ने बिद्यार्थीलाई ८० प्रतिशत तबल दिने तयारी


टोकियो, जापान ।

कम्पनी बन्द वा बिदा दिएर तलब नपाएका बिदेशी विद्यार्थीहरुलाई पनी जापानले ८० प्रतिशत तलब दिने योजना अघि बढाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण काम गर्दै आएको कम्पनी बन्द वा बिदा दिएका कारण तलब नपाएको अवस्थामा जापान सरकारले ८० प्रतिशत तलब दिने छ ।

यसअघि यस्तै नियमानुसार साना तथा मझौला उद्योगमा काम गर्ने कर्मचारीलाई समेटिएको थियो । यसमा थप गर्दै जापान सरकारले पार्ट टाइम कामबाट तलब नपाएका बिदेशी बिद्यार्थीहरुलाई पनि समाबेश गरेको हो ।

जापानले कोरोनाका कारण काम रोकिएर कम्पनीबाट बिदामा बस्दाको भत्ता नपाएका कर्मचारीहरुलाई मासिक ३ लाख ३० हजार येनसम्म सहायता दिने निर्णय समेत गरेको छ । तर यसमा मापदण्ड निर्धारण भएको छैन ।

गत साता मन्त्रालयले साना तथा मझौला कम्पनीका कर्मचारी सहित पार्ट टाइम काम गरिरहेका कर्मचारीहरुलाई समेत उनिहरुले पाउँदै आएको तलबको मासिक ८० प्रतिशत तलब उपलब्ध गराउने निर्णय गरेको थियो ।

अब यि दुवै प्रस्ताव एकसाथ संसदमा पेश हुने भएको छ ।

नयाँ प्रस्तावमा विद्यार्थी त्यसमा पनि विदेशी विद्यार्थी समेत उल्लेख भएकाले जापानमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीहरु जसले कोरोनाका कारण पार्ट टाईम काम गुमाएर न्यूनतम तलब समेत नपाएका थिए उनिहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

जापान सरकारले दुईसाता अघि विद्यार्थीहरुका लागि १ देखी २ लाख येनसम्म अनुदान दिने छुट्टै प्रस्ताव समेत पारित गरिसकेको छ । तर उक्त प्रस्तावमा अध्ययनशिल विद्यार्थी सहित विभिन्न प्रावधान राखिंदा धेरै विदेशी विद्यार्थीहरु लाभ लिनबाट बञ्चित हुने देखिएको छ ।

नयाँ निर्णयानुसार सरकारले संसदमा प्रस्ताव पेश गर्ने सार्वजनिक भएपनि यस्तो सुविधा लिने प्रक्रिया लगायतबारे केही उल्लेख भएको छैन । तर सरकारले सहज तरिकाले हप्तादिनमै राहत सहयोग लिन सकिने गरि व्यवस्था गर्ने बताएको छ ।