टोकियो, जापान ।
राहत सहयोग स्वरुप जापानमा आर्थिक समस्यामा परेका हरेक बिद्यार्थीहरुलाई २० मान येनसम्म आर्थिक सहयोग गरिने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण रोजगार गुमाएका विद्यार्थीहरुलाई १ लाख येन देखी २ लाख येन सम्म सहयोग गरिने भएको शिक्षा मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै एनएचके समाचार संस्थाले खवर प्रकाशित गरेको छ ।
कोरोना भाईरसले गर्दा समस्यामा परेका करिव ४ लाख ३० हजार विद्यार्थीलाई सहयोग गर्न ५३ अर्ब येन बिनियोजन गरिने भएको छ ।
पार्ट टाईम काम गुमाएर आम्दानी घटेका बिद्यार्थीहरुले १ लाख येन राहत सहयोग पाउनेछन् ।
आवासीय कर छुट लिंदै आएका परिबारका विद्यार्थीले २ लाख यन सम्म सहयोग पाउने भएका छन् ।
यस्तो सहयोग रकम बिश्ब बिद्यालय, स्नातकोत्तर, अन्तर्राष्ट्रिय विद्यार्थी, जुनियर कलेजका बिद्यार्थी, जापानी भाषा विद्यालयका विद्यार्थीहरुले पाउनेछन् ।
सहयोग रकम कोरोना भाईरसले गर्दा पार्ट टाईम जब घटी तलब कम भएका विद्यार्थीहरुले आफ्नो बिद्यालयमा रहेको सपोर्ट सेन्टर मार्फत निवेदन दिनुपर्नेछ ।
आर्थिक समस्यामा परेका विद्यार्थीहरुलाई यस्तो सहयोग रकम यथासक्य छिटो प्रदान गरिने बताईएको छ ।
...