(Japan) 3 rd July | 2022 | Sunday | 5:48:49 AM || (Nepal) 2:33:49 AM
 
 

जेएलपिटी परिक्षा रद्द

  POSTED ON : Tuesday, 19 May, 2020 | Views : 2206

जेएलपिटी परिक्षा रद्द


टोकियो, जापान ।

आगामी जुलाइ महिनामा हुने जेएलपिटी (JLPT) परिक्षा रद्द भएको छ ।

जुलाई ५ मा हुने तय भएको जेएलपिटी परिक्षा रद्द भएको हो । कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्य सुरक्षाका कारणले परिक्षा रद्द गरिएको बताईएको छ ।

परिक्षा आयोजक संस्था जापान फाउण्डेसन र जापान एजुकेशन एक्सचेन्ज एण्ड सर्भिसले सूचना जारी गरेर परिक्षा रद्दको घोषणा गरेको हो ।

परिक्षाको लागि फारम भरेर पैसा भुक्तानी गरिसकेका सबैको पैसा फिर्ता हुने बताइएको छ ।

क्रेडिट कार्डबाट भुक्तानी गर्नेहरुको क्रेडिट कार्ड कम्पनी मार्फत फिर्ता आउने छ भने बैंक वा कन्भिनियन्स स्टोरको पे–इजीमार्फत तिर्नेहरुको फिर्ता गर्ने प्रक्रिया परिक्षाका लागि रजिस्टर गरिएको इमेलमा पठाइनेछ ।

प्रकृया पुरा गरि सो रकम बैंक ट्रान्सफर वा लसनमार्फत फिर्ता लिन सकिनेछ ।

पैसा फिर्ता हुन समय भने केही समय लाग्ने भएको छ ।

...

Nepaliinjapan