(Japan) 3 rd July | 2022 | Sunday | 6:16:04 AM || (Nepal) 3:01:04 AM
 
 

जापानमा विद्यालय, विश्वविद्यालयहरु खुल्न थाले, कहाँ कहिले खुल्ने यस्तो छ तयारी

  POSTED ON : Monday, 11 May, 2020 | Views : 4222

जापानमा विद्यालय, विश्वविद्यालयहरु खुल्न थाले, कहाँ कहिले खुल्ने यस्तो छ तयारी


सजिना मोक्तान-टोकियो, जापान ।

आपतकालीन अवस्था थपपछि जापानमा देशैभरका सार्वजनिक स्कूलहरू खुल्ने तयारीमा लागेका छन् ।

नयाँ कोरोना भाइरस संक्रमणका कारण जापानमा मे महिनाको अन्त्यसम्म आपतकाल थपिएपछि मुख्य क्षेत्रहरुमा शैक्षिक संस्थाहरु बन्दप्राय रहने ठानिएपनि कम संक्रमणका क्षेत्रमा भने अध्ययन अध्यापन सुचारु गरिन थालिएको छ ।

केही क्षेत्रहरूमा हाइ स्कूलहरू लामो बन्दपछि पुनः सुरु गरिएको भएता पनि लामो अवधिमा स्कूल तीन महिनाको लागि बन्द हुने भएका छन् ।

एनएचके समाचार संस्थाले संकलन गरेको तथ्यांक अनुसार ८ तारिख सम्ममा नगरपालिकाद्वारा स्थापित प्राथमिक र निम्न तथा उच्च माध्यमिक सहित सबैखाले अध्ययन क्षेत्र र विश्वविद्यालयहरु देशैभरीका २९ वटा प्रान्तहरूमा मे को अन्त्यसम्म बन्द हुनेछ । 

उच्च संक्रमण रहेको १३ विशेष प्रान्तहरुमा होक्काइदो, इबाराकी प्रान्त, साइतामा प्रान्त, चिबा प्रान्त, टोकियो महानगर, खानागावा प्रान्त, ईशिकावा प्रान्त, गिफु प्रान्त, आइची प्रान्त, क्योतो, ओसाका प्रान्त, ह्योगो प्रान्त, फुकुओका प्रान्तमा संक्रमण रोक्नको लागि थप रोकथामका उपायहरु अपनाउनुपर्नेमा जोड दिईएको छ ।

त्यस्तै मियागी प्रान्त, तोचिगी प्रान्त, गुन्मा प्रान्त, निगाता प्रान्त, तोयामा प्रान्त, शिजुओका प्रान्त, माए प्रान्त, शिगा प्रान्त, नारा प्रान्त, वाकायामा प्रान्त, सिमाने प्रान्त, ओकायामा प्रान्त, हिरोशिमा प्रान्त, तोकुशिमा प्रान्त, खागावा प्रान्त, कुमामोतो प्रान्तमा विद्यालयहरु तीन महिनादेखी बन्द अवस्थामा रहेका छन् ।

जसको कारण बालबालिकाहरुको अध्ययन ढिलाइ बारे चिन्ताहरु व्यक्त गरिन थालिएको छ । तसर्थ, सिजुओका प्रान्त, कागावा प्रान्त र तोकुसिमा प्रान्तमा भने फेरि कक्षा सुरु गर्ने तयारीहरु भएका छन् ।

अर्कोतर्फ इवाते प्रान्त जुन एक मात्र त्यस्तो प्रान्त हो जहाँ अहिले सम्म संक्रमित भएको पुष्टि गरिएको छैन । आमोरी प्रान्त र तोतोरी प्रान्त, जसमा संक्रमित मानिसहरूको संख्या अत्यन्त न्युन छन् ।

ति क्षेत्रहरुमा मे को ७ तारिखबाट हाई स्कूलहरू पुन सुरु गर्नुको अतिरिक्त, खागोशिमा प्रान्त र ओइता प्रान्तमा मे ११ बाट सुरु गरिएका छन् ।

त्यसबाहेक अन्यत्र मे महिना भरीमा यसलाई फेरि सुरु गर्ने योजना बनाईएको छ ।

यस प्रकार एउटै सार्वजनिक उच्च माध्यमिक विद्यालयहरुमा पनि, क्षेत्रको आधारमा प्रतिक्रिया फरक फरक हुने देखिएको छ । सबै अध्ययन क्षेत्रमा मुख्यतया कसरी मानवदुरी कायम राखेर अध्ययन अगाडी बढाउने भन्ने समस्या विद्यालयहरुमा रहेको पाईएको छ ।