टोकियो, जापान ।
जापानमा अध्ययनरत विद्यार्थीहरुले छुट्टै एक लाख येन राहत पाउने भएका छन् । जापान सरकारका शिक्षा मन्त्री कोईची हागिउदाले यसबारेमा छिट्टै निर्णय गरिने बताएका छन् ।
शुक्रबार कोमेईतो पार्टीका महासचिव सहितको टोलिले बुझाएको प्रस्तावपछि मन्त्री हागिउदाले आफुले पनि विद्यार्थीहरुलाई राहत दिनेबारे उस्तै योजना बनाईरहेको बताउँदै यसबारेमा छिट्टै निर्णय गर्ने बताएका छन् ।
यदि प्रस्ताव अनुसार सरकारले निर्णय गरेमा सबै विद्यार्थीहरुले प्रति विद्यार्थी १,००,००० येन पाउनेछन् ।
आसाहि पत्रीकामा प्रकाशित समाचार अनुसार यस्तो आर्थिक सहायता रकम विदेशी विद्यार्थीहरुले पनि पाउने भएका छन् ।
यो १० मान येन यसअघि राहत वितरण घोषणा गरिएको रकम नभई छुट्टै हो । जस अनुसार हालको प्रस्ताव अनुसार निर्णय भएमा अब विद्यार्थीहरुले यसअघिको राहत स्वरुप १० मान र विद्यार्थी सहयोग बापत १० गरि कुल २० मान येन राहत पाउने छन् ।
सरकारलाई विद्यार्थीहरुको लागि १० मान येन वितरणबारे गरिएको सिफारिस पत्रमा कोरोना भाइरस संक्रमणका कारण पार्ट टाईम काम गर्ने विद्यार्थीहरुले रोजगार गुमाउँदा उनिहरुमा ठूलो आर्थिक भार परेको उल्लेख छ । आर्थिक समस्याकै कारण विद्यार्थीहरुले अध्ययन छाड्ने अवस्था आएकाले यस्तो अवस्था आउन नदिन तत्काल विद्यार्थीहरुलाई राहत घोषणा गर्न माग गरिएको छ ।
विद्यार्थीहरुको लागि दिने तयारी गरिएको प्रति व्यक्ति १ लाख येन राहत करिव ५ लाख विद्यार्थीहरुले पाउने अनुमान गरिएको छ ।
यस्तो राहत रकम भोकेसनल विद्यालयका विद्यार्थी, विश्व विद्यालयका विद्यार्थी र ग्राजुएट विद्यार्थीहरुको लागि वितरण गरिनेछ ।
यस्तो आर्थिक सहायता आर्थिक रुपमा कमजोर रहेका, अध्ययनकै लागि पार्ट टाईम काम गर्दै आएका तथा कमजोर आर्थिक अवस्थाकै कारण ट्याक्स छुट लिंदै आएकाहरु समेटिने ठानिएको छ । यद्यपी यसबारे केही दायरा तय भएको छैन ।
यस्तो राहत रकमको लागि करिव ५० अर्ब येन अतिरिक्त खर्च लाग्ने अनुमान गरिएको छ । यस्तो रकम पुरक बजेटको आरक्षित कोषबाट निकासा गरिने ठानिएको छ ।
स्मरणीय दुई साता अघि जापानमै गरिएको एक सर्वेक्षण तथा नेपाली विद्यार्थीमाझ गरिएको सर्वेक्षणमा रोजगार गुमाउँदा आर्थिक समस्याकै कारण विद्यार्थीहरुले अध्ययन छाड्ने सम्भावना बढेर गएको सर्वेक्षणले देखाईसकेको छ ।
नेपाली विद्यार्थी माझ गरिएको सर्वेक्षणमा ९० प्रतिशत बढी विद्यार्थीहरु आर्थिक समस्यामा परेको देखिएको थियो ।
जापानमा शैक्षिक सत्र सेप्टेम्बरबाट सुरुगर्ने तयारी, अध्ययन र रोजगारी असरको लेखाजोखा