एजेन्सी ।
चिनियाँ इन्टर्नेट सूचना केन्द्रले ४५औं 'चिनियाँ इन्टर्नेटको विकास अवस्था सम्बन्धी तथ्यांक प्रतिवेदन' प्रकाशित गरेको छ ।
उक्त प्रतिवेदनका अनुसार, मार्चसम्म चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० करोड ४० लाख पुगेको छ । त्यसमध्ये नेटवर्क भिडियोका प्रयोगकर्ताको संख्या ८५ करोड पुगेको छ ।
तथ्यांकका अनुसार लगभग ८७.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अनलाइनमा प्रत्यक्ष प्रसारण गरेका छन् ।
जसबाट ई-वाणिज्यले महामारीपछि बजार तथा अर्थतन्त्रको पुनरूत्थानमा झन झन महत्वपूर्ण भूमिका खेल्दैछ ।
साथै ई-वाणिज्यले झन् बढी नयाँ सिर्जनालाई बढाएकाले चीनमा प्रविधिको विकासका लागि ज्यादै महत्वपूर्ण भएको अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र विश्वविद्यालयका प्रोफेसर कुङ चुङले विश्लेषण गरेका छन् ।