(Japan) 3 rd July | 2022 | Sunday | 5:49:52 AM || (Nepal) 2:34:52 AM
 
 

जापानमा कोरोनाले विश्वविद्यालयका विद्यार्थी अध्ययन छाड्दै, पहिलो मारमा विदेशी विद्यार्थी

  POSTED ON : Monday, 27 April, 2020 | Views : 7164

जापानमा कोरोनाले विश्वविद्यालयका विद्यार्थी अध्ययन छाड्दै, पहिलो मारमा विदेशी विद्यार्थी


सिमा खड्का- जापान ।

जापानका विश्वविद्यालयमा अध्ययनरत प्रत्येक १३ विधार्थी मध्ये १ जनाले विश्वबिद्यालय छाड्न चाहेको एक सर्वेक्षणले देखाएको छ ।

जापानमा हालसालै तीव्र गतिमा फैलिरहेको नयाँ कोरोना भाइरसका कारण परेको अधिक प्रभावले आफ्नो पढाई खर्च जुटाउन नसक्दा अध्ययननै छाड्न चाहेको उक्त सर्वेक्षणले देखाएको छ ।

करिब ५०० विश्व विद्यालयहरुमा गरिएको अनलाईन सर्वेक्षणमा ६० प्रतिशतले आफ्नो अध्ययनका लागि निर्भर आयश्रोत गुमाएको र ४० प्रतिशतका अविभावकहरु आर्थिक समस्यासँग जुधिरहेका कारण अध्ययन छाड्ने बिचारमा रहेको बताएका छन् ।

आफैं पढाईखर्च जुटाईरहेका विद्यार्थिहरूमध्ये ३७.४ प्रतिशत विद्यार्थिहरुले पार्टटाईम कामबाट विश्वविद्यालयलाई बुझाउने पर्याप्त रकम नभएको र २३ प्रतिशतको आयश्रोतनै गुमेको उल्लेख छ ।

त्यस्तै अध्ययनका लागि अन्यमा निर्भर रहेका विद्यार्थीहरुमध्ये ३६.४ प्रतिशत विद्यार्थीको पारिवारिक आयश्रोतमा कमी आएको र ३.३ प्रतिशतका परिवार पूर्णरुपमा आयविहिन भएको सर्वेक्षणले देखाएको छ ।

कोरोना भाइरसका कारण जापानको आर्थिक गतिविधि गिरावट आउँदा बाँकि विद्यार्थीहरुपनि आफ्नो पढाईखर्च जुटाउन नसक्ने अवस्थामा पुगेको बताईएको छ ।

केही विश्वविद्यालयहरुले आर्थिक सहायता स्वरूप विद्यार्थिहरुलाई केहि रकम दिने बताएपनि सबै विश्वविद्यालयहरुले यस्तो सुविधा दिन नसक्दा विद्यार्थिहरु प्रभावित भएका हुन् ।

यसबाट जापानका विभिन्न ठाउँका विश्वविद्यालयमा अध्ययनरत विदेशि विद्यार्थिहरु अझ बढी प्रभावित बनेका छन् ।

अध्ययनको एकमात्र आयश्रोत पार्ट टाइम काम थोरै हुनु र कामै गुमाउनु पर्दा उनिहरु झन् प्रभावित भएका हुन् ।

टोकियो विश्वविद्यालयका वरिष्ठ तथा सर्वेक्षणका प्रमुख शिजुका ईवासाकीका अनुसार बढ्दो संक्रमणको अवस्था कहिले अन्त्य हुन्छ भन्ने अन्योल बढ्दै जाँदा आर्थिक समस्याका कारण विश्वावद्यालय छाड्न सक्ने विद्यार्थिहरूको संख्यामा बृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्रि आबे सिन्जोले बढ्दो कोरोना भाइरस संक्रमण रोक्न अप्रिल ७ तारिखबाट देशभर आपतकाल घोषणा गरेसँगै आर्थिक क्रियाकलाप कम गर्न र मानिसहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भनिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

आपतकालका कारण जापानमा देशभरका सबै विद्यालयहरु बन्द छन् र विश्वविद्यालयहरु मध्ये ८५.५ प्रतिशत विश्वविद्यालय तथा क्याम्पसले आगामी अप्रिलबाट सुरु हुने नयाँ सेमेष्टर अध्ययन पनि पछि सर्न सक्ने बताईसकेका छन् ।