यामागाता, जापान ।
जापानको यामागाता प्रिफेक्चरमा एउटै स्कुलका ५ जना विद्यार्थीलाई कोरोना भाईरस संक्रमण भएको छ ।
यामागाता प्रिफेक्चरले शनिवार नयाँ कोरोना भाईरसबाट संक्रमित ५ जना थपिएको र उनिहरु एक शिशु र प्राथमिक विद्यालयका बालबालिकाहरु भएको पुष्टि गरेको छ ।
प्रिफेक्चरका अनुसार संक्रमण एकजना ६० बर्षिय पुरुषबाट फैलिएको ठानिएको छ ।
प्रिफेक्चरको सिन्जो शहरमा भएको सो घटनामा ६० बर्षिय पुरुषबाट उनको ३० बर्षिय बुहारीलाई संक्रमण सरेको र उनबाट उनको १० बर्ष भन्दा कम उमेरको बच्चामा सरेको थियो । अहिले यो अन्यमा समेत सर्नपुग्दा संक्रमितको संख्या ८ पुगेको छ ।
बच्चामा सरको भाईरस पछि विद्यालयमा उनको साथीहरुमा सरेको बताईएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको एनएचके टेलिभिजनमा प्रशारित समाचारमा उल्लेख छ ।
प्रिफेक्चर सरकारले शनिवार पत्रकार सम्मेलन गर्दै संक्रमणको जरोसम्म पत्ता लगाउन खोजी र अनुसन्धान गरिरहेको बताउँदै आफ्नो प्रिफेक्चरमा रहने नागरिकको जीवन रक्षा र सुरक्षाको लागि प्रिफेक्चरले सबै कदम चाल्ने बताएको छ ।