टोकियो, जापान ।
जापानी व्यापार व्यवसायी वा कुनै पनि कार्यमा हान्को (छाप) यो युग सुहाउँदो जति छ, प्रगतिशील हुँदा हुँदै पनि कोरोना भाइरस संक्रमणको यो बेला भने असुरक्षित दृश्यको भान गराउँछ ।
जहाँ जुनसुकै सरकारी या गैरसरकारी कम्पनी, बैङ्क, स्कूल कलेज सबैमा व्यक्तिले कागजातमा आफ्नो आधिकारिक छाप लगाउनुपर्दछ । यो जापानको शैली र संस्कृति दुवै हो ।
टोकियो लगायत देशैभरीका धेरै जसो कम्पनीहरूले नोवेल कोरोनाभाइरसको संक्रमणको बीचमा टेलिवर्किङको तरिका अपनाईरहेका छन् । जापानको कर्पोरेट संस्कृतिमा अनौंठो परम्परा अनुसार केही कामदारहरूले अझै कागजातमा आधिकारिक सिल जोड्न अफिसमा जानै पर्छ।
“म हरेक हप्ता अफिसमा कागजातमा छाप लगाउन आउँछु। यो समयको बर्बादी हो," टोकियोको एक प्रमुख निर्माण कम्पनीमा काम गर्ने एउटी महिला कर्मचारीले गुनासो गरे।माइनिची पत्रिकामा भनिएको छ ।
कम्पनीमा मार्चको शुरुमा काम थाल्दा उनी ४० बर्ष उमेरकी थिइन् । उनले हप्तामा एक वा दुई चोटि ३० मिनेटको रेल यात्रा गरेर आवेदन फाराममा अर्को सिलहरू प्राप्त गर्न अफिसमा अनिवार्य उपस्थित हुनुपर्दछ । जबकि उसको बसोबासको हिसावले टाढा छ । स्वाभाविक रूपमा, उनको कम्पनीको मालिक पनि ती कार्यालय र अन्य कागजातहरूको स्वीकृतिका लागि डकुमेन्टसको सुपर्भेक्षण र छाप लगाउन आउँछन्। समग्रमा त्यस्तो काम अफिसमा हप्तामा तीन देखि चार दिन गर्नुपर्दछ ।
यद्यपी महिलाले प्राविधिक रूपमा आफ्नो कम्प्युटरमा आवेदन फारमहरू भर्न सक्दछन् । कामदारहरूले त्यसलाई प्रिन्ट गरी छाप लगाई पठाउनु पर्छ। प्रत्येक कागजातलाई उनी, उनको मालिक र एकाउन्टेन्ट सहित पाँच व्यक्तिले छाप लगाउनु पर्छ।
उनको विचारमा टेलिवर्किङको केही सकारात्मक पक्षहरू पनि नभएको होइन तर यो महामारीको बेला खचाखच भरिएको ट्रेनहरूको यात्रा गर्नु ठिक छैन । उनको कार्यालयबाट बसोबासको दुरी कम यात्रामा पर्ने भएतापनि उनले आधिकारिक सील संस्कृतिलाई समयको बर्बादी भएको महशुस गर्छिन् र भन्छिन्, "टेलिवर्किङ प्रणाली नयाँ कोरोनाभाइरसको संक्रमित हुने जोखिम सिर्जना गर्ने तरीका हो तर म आशा गर्दछु यी पुरानो चलनहरू हटाइनेछ।"
टोकियो महानगरीय क्षेत्रका कम्पनीहरूको समूहले टाढाको कामलाई प्रबर्द्धन गर्न मार्चको शुरुमा भएको बैठकमा पनि यही मुद्दा उठेको बताइएको छ ।
ट्राईकिक तुलना साइटको टोक्योमा आधारित बेंचन रिपब्लिकका जनसम्पर्क अधिकारी ऐ हमामोटोले भने कि उनी पनि कम्तिमा हप्तामा एक पटक उनको कार्यालयमा जानु पर्छ।”हामी अफिसमा धाइरहनु पर्दछ जब हामीले कम्पनीका प्रतिनिधिहरुले जस्तै कागजातमा सम्झौता लिन आवश्यक पर्दछ। हुन त हामी केहि ग्राहकहरुसँग इलेक्ट्रोनिक करार गर्न सक्दछौं, तर अझै पनि केही ठूला फर्महरु र स्थानीय सरकारले कागज सम्झौताको आवश्यकतालाई अपनाइरहेका छन्," उनी भन्छिन्।
बैठकमा कम्पनीको उदाहरणले यसका सम्झौताहरूको ७० प्रतिशत डिजिटलाइज गरिएको छ भने सीलको प्रयोग जतिसक्दो कम गरिएको थियो। टोकियोको मोफमोफ र सफ्टवेयर विकास कम्पनीले २०१५ देखि "क्लाउडसाईन" ई-सम्झौता सेवा प्रयोग गरिरहेको छ । प्रणालीका प्रयोगकर्ताहरूले उनीहरूका अनुबन्धहरू पीडीएफ ढाँचामा बदल्छन् र आफ्ना ग्राहकहरूसँग ईमेल मार्फत कुराकानी गर्छन्।
“प्रत्येक महिना सम्झौता कागजातहरूको दर्जनौं सेटहरू तयार गर्न औसत २० घण्टा सम्म चाहिन्छ। हामीसँग कागजको सम्झौता छ, ई-सम्झौताको प्रगतिले सीलिङ र प्रिन्टिङको समस्याबाट जोगिएको छ, हामीलाई ५ देखि १० घण्टाको बचत हुन्छ।” मोफमोफका एक सार्वजनिक सम्बन्ध अधिकारीले भनेका छन् ।
टोकियोमा आधारित टर्मिनल फर्म पेपरलोगिक कम्पनीले मार्चमा गरेको एउटा सर्वेक्षणमा १११ जनालाई लक्षित गरेको थियो जुन टोकियोमा रहेको पुस्तक र सम्झौताहरू डिजिटलीकरणको लागि प्रणाली उपलब्ध गराइएको थियो। दुर्गममा कामको बारेमा सब भन्दा धेरै चुनौती भनेको "अरूसँग कुराकानी गर्नमा कठिनाई हो।" र त्यसपछि "छाप लगाउनु।"
गत नोभेम्बरमा १ सय ११ कार्यालयका कामदारहरूलाई लक्षित गरी गरिएको सर्वेक्षणमा ७० प्रतिशत उत्तरदाताहरूले छापहरू "बोझ" भएको महसुस गरेको बाटएका थिए । कतिपयले सीललाई समर्थन गरेका थिए, उनीहरूले "मर्यादाको प्रतिनिधित्व गर्छन्" भनेका थिए, भने आधा उत्तरदाताहरूले ई-सम्झौतामा प्रभावकारीता औंल्याएका थिए । जुन प्रमाणीकरणको माध्यमको रूपमा छापको भूमिका कम हुनु सहितका कारणहरू उल्लेख गरेका थिए।
कानुनी रूपमा भन्नुपर्दा, धेरै कर्पोरेट कागजातहरू पहिले नै १९९८ मा लागू गरिएको इलेक्ट्रोनिक पुस्तकहरू र कागजात संरक्षण कानून २००५ मा लागू गरिएको तथाकथित ई-कागजात कानून अन्तर्गत डिजिटलीकरण गर्न अनुमति दिइएको थियो ।
जुन प्रणालीले कागजातहरूको कम्प्युटरमा सुरक्षित राख्न र राख्ने व्यवस्थालाई अनुमति दिएको थियो । जुन यी कानूनहरूले व्यापार व्यवसाय संग सम्बन्धित कर्पोरेट कागजातहरूको ९० प्रतिशतलाई समेट्छ भनिएको छ ।
इलेक्ट्रोनिक प्रविधी र जापानका डिजिटलीकरणको यो कानुनी प्रक्रिया र अभ्यासलाई मध्यनजर गर्दा कोरोना भाइरसको जोखिम नियन्त्रण गर्ने कुरालाई अझ ध्यानमा राखेर निकट भविष्यमा नै सतप्रतिशत डिजिटलीकृत प्रणाली लागू गर्न सकिने कुरालाई नकार्न सकिन्न ।
त्यसो भयो भने प्रतिनिधि आवाजको रुपमा आएको ति महिला जस्ता हजारौँ कामदार र अफिसरहरुले समयको खर्चलाई बचाएर व्यस्त जीवनलाई केही आरामको लागि समय निकाल्न पो सक्लान् कि ?
यदी यसो भयो भने ट्रेनमा निदाउनुपर्ने, स्ट्रेसलाई कम गराएर पक्कै मेशिन झै काम गर्ने जापानीहरुको दैनिकीमा केही क्रान्ति आउने विश्वाश गर्न सकिन्छ ।