(Japan) 20 th May | 2022 | Friday | 4:06:29 AM || (Nepal) 12:51:29 AM
 
 

जापानमा ‘ग्राजुएशन पार्टी’मा सहभागि १३ विद्यार्थीलाई कोरोना संक्रमण, संक्रमणको यस्तो भयावह जालो !

jack khadka   POSTED ON : Wednesday, 01 April, 2020 | Views : 2020

जापानमा ‘ग्राजुएशन पार्टी’मा सहभागि १३ विद्यार्थीलाई कोरोना संक्रमण, संक्रमणको यस्तो भयावह जालो !


क्योतो, जापान ।

विश्वबिद्यालयको ‘ग्राजुएशन पार्टी’मा सहभागी १३ जना विद्यार्थी कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

जापानको क्योतो साङ्ग्यो विश्वबिद्यालयको ‘ग्राजुएशन पार्टी’मा सहभागि पुरुष र महिला गरी १३ जनामा नोबेल कोरोना भाईरस संक्रमण पाइएको क्योतो प्रिफेक्चरले पुष्टि गरेको छ ।

पश्चिम जापानको किता वार्डमा रहेको विश्वबिद्यालयको ‘ग्राजुएशन पार्टी’ मा सहभागि तिनजना विद्यार्थी मध्येबाट संक्रमण फैलिएको आसंका गरिएको छ ।

ति तीनजना हालैमात्र युरोप भ्रमणबाट फर्किएका र उनिहरुमा समेत संक्रमण पाइएको छ ।

अधिकारीहरुले संक्रमित १३ जनाको नजिक सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाच गरिरहेको बताएका छन् । यध्यपी उनिहरुमा अहिलेसम्म संक्रमण भने नदेखिएको माइनिची सिम्बुनले समाचार प्रकासित गरेको छ ।

क्योतो सरकारले तीन जना विद्यार्थी कोरोनाको महामारी बनिरहेको बेलायत सहित आईसल्याण्ड, स्विजरल्यान्ड, फ्रान्स र स्पेनको भ्रमण गरी मार्च १४ मा फर्किएको पाइएको जनाएको छ ।

ति देशबाट फर्किएका जापानी सहित सबैयात्रुलाइ अनिबार्य १४ दिनको होम क्वारेन्टाइनमा बस्न जापान सरकारले नियम लागू गरेपनी यो घटनाले उक्त नियम पालना नभएको देखाएको छ ।

विश्व विद्यालयको ‘ग्राजुएशन पार्टी’ मार्च १९, २१ र २२ तारिखमा भएको थियो ।

युरोप भ्रमणबाट फर्किएका मध्ये एकजना वाकायामा प्रिफेक्चरको भएको समाचारमा उल्लेख छ ।

एक प्राथमिक बिद्यालयमा पढाउने शिक्षकको काम समेत गर्दै आएका ति युवाले मार्च २७ मा बिद्यालयको बिशेष कार्यक्रममा समेत सभागिता जनाएको पाईएको छ ।

उक्त कार्यक्रममा शिक्षक र विद्यार्थी सहित १ सय २५ जना सहभागि भएका थिए । ति मध्ये कयौसँग संक्रमित युवाले संगै लामो समय बिताएको बताएका छन् ।

उक्त कार्यक्रममा सहभागि धेरैमा संक्रमण सरेको हुनसक्ने उच्च सम्भावना रहेकाले अधिकारीहरुले सबै जानकारी गराइसकेको बताएका छन् ।

कोरोना संक्रमणको यो घटनापछी क्योतो साङ्ग्यो विश्वबिद्यालयले आगामी मे महिनाको ११ तारिख सम्म विश्व बिद्यालय नखुल्ने सुचना प्रकासित गरेको छ ।